सुदुरपश्चिम प्रदेशकाे खेलकुद परिषदकाे सदस्यसचिवमा सिंह चयन

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-०२
  • |
  • 291 पटक हेरिएको

सुदरपश्चिम प्रदेश खेलकुद परिषद्को सदस्यसचिवमा दिपक बहादुर सिंह नियुक्त भएका छन । एमाले निकटका सिंह यसअघि कैलाली खेलकुद विकाश समितीका अध्यक्ष रहेका थिए ।

चार बर्ष त्यो पदमा विताएका सिंहलाई प्रदेश खेलकुद परिषद्को सदस्यसचिवको जिम्मेवारी दिएको हो । सिंहले जिल्ला खेलकुद विकास समितीको अध्यक्षमा २०७२ असोज १४ गते नियुक्ति भएको थियो । जसमा उनको कार्यकाल २०७६ असोज १४ गतेमा नै सकिएको हो ।

अहिले प्रदेश सरकारले उनलाई प्रदेश खेलकुद विकाश समितीको सदस्यसचिवको जिम्मेवारी दिएको हो । यसअघि जिल्ला खेलकुद अध्यक्ष हुँदा खेलकुदमा माहोल बढाएको उनको विश्वास थियो ।

उनले त्यो बेला फाप्ला क्रिकेट मैदान निर्माणका लागि बजेट विनियोजन देखि विभिन्न पूर्वाधार निर्माण गरेको बताएका थिए । उनी अध्यक्ष हुँदा नै धनगढीमा खप्तड गोल्डकपको आयोजना भएको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey