एम्बाप्पे भित्र्याउने रकम जुटाउन रियालले भारानेलाई युनाइटेडमा बिक्रि गर्ने तयारी

  • Image नेप्लेज
  • १८ फाल्गुण २०७७, मङ्गलवार
  • 463 पटक हेरिएको
एम्बाप्पे भित्र्याउने रकम जुटाउन रियालले भारानेलाई युनाइटेडमा बिक्रि गर्ने तयारी

स्पेनीस जाइन्ट रियाल मड्रिडले डिफेन्डर राफेल भारानेलाई म्यानचेस्टर युनाइटेडमा विक्रि गर्ने तयारी गरेको छ । अर्को सिजनमा पेरिस सेन्ट जर्मेनबाट केलियन एम्बाप्पेलाई भित्र्याउनका लागि रियालले भारानेलाई म्यानचेस्टरलाई विक्रि गर्ने तयारी गरेको हो ।

रियालसँगको सम्झौता सकिनका लागि १८ महिनाको समय बाँकी रहेका बेला रियालले अर्को सिजनमा भारानेलाई छोड्नका लागि अनुमती दिने भएको छ । हाल ६१ मिलियन पाउण्डमा बजार भाउ रहेका भारानेलाई विक्रि गरेमा एम्बाप्पेलाई भित्र्याउन रकम संकलन हुने अनुमान गरेको छ ।

रियालले एम्बाप्पेलाई अर्को सिजनमा ल्याउनका लागि मोटो रकम तिर्न तयार रहेको छ । एक सय ८० मिलियन पाउण्ड मुल्य राखिएको एम्बाप्पेलाई ल्याउनका लागि रियाललाई केहि खेलाडी विक्रि गर्नुपर्ने देखिएको छ । जसमा भाराने एउटा मुख्य खेलाडी हुने देखिएको छ ।

भारानेले रियालसँग अन्तिम पटक सन् २०१७ मा नयाँ सम्झौता गरेका थिए । उनी सन् २०१९ मा नै क्लव छोड्न चाहिरहेका थिए । तर उनलाई जिदानले सम्हालेका थिए । तर अब क्लवले नै उनलाई विक्रिको सूचीमा राखेपछि भविष्यमा रियालमा अन्योल भएको छ ।

सम्बन्धित खबर