बार्यनकाे सहज जित

  • Image नेप्लेज
  • १५ फाल्गुण २०७७, शनिवार
  • 201 पटक हेरिएको
बार्यनकाे सहज जित

बुन्डेसलिगाको शिर्ष स्थानको बार्यन म्युनिखले कोल्नविरुद्ध पाँच एकको फराकिलो जित निकालेको छ ।

घरेलु मैदानमा भएको खेलमा बार्यनको जितमा रोबर्ट लेवान्दोस्की र सेनेग्री गनाब्रीले दुई दुई गोल गरे ।

खेलको १८ औं मिनेटमा मोटिङको गोलमा अग्रता बनाएको बार्यनका लागि ३३ औं मिनेटमा लेवान्दोस्कीले दोस्रो गोल गरे ।

पहिलो हाफमा दुई गोलको अग्रता बनाएको लेवान्दोस्कीले दोस्रो हाफमा तीन गोल गर्दा एक गोल खायो । ४९ औं मिनेटमा कोल्नका लागि सिहिरीले गोल गर्दै अन्तर दुई शुन्यमा पुर्यायो ।

तर ६५ औं मिनेटमा लेवान्दोस्कीको ब्यक्तिगत दोस्रो गोलका कारण बार्यनले खेल तीन एकमा पुर्यायो । त्यसपछि गनाब्रीले ८२ औं र ८६ औं मिनेटमा लगातार दुई गोल गर्दै टिमलाई पाँच एकको जित दिलाए ।

यो जितसँगै बार्यनले २३ खेलमा ५२ अंक बनाएको छ । दोस्रो स्थानको लाइपजिकको २२ खेलमा ४७ अंक छ ।

सम्बन्धित खबर