सर्बाधिक पुरस्कार राशीको प्रधानमन्त्री कप ब्याडमिन्टनमा शाहिलको दोहोरो जित

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१०-२८
  • |
  • 265 पटक हेरिएको

प्रथम प्रधानमन्त्री कप राष्ट्रब्यापी ब्याडमिन्टन प्रतियोगितामा शाहिल चन्दले दाेहाेराे जित निकालेका छन ।

एनआरएन दुवईका शाहिल चन्दले छात्र यु १७ तर्फ गुल्मीका मनोज पोदारलाई २१-१३, २१-१३ को समान अन्तरले पराजित गर्दै दोश्रो चरण प्रवेश गरे । यस्तै उनले पुरुष एकलमा पनि जित निकाले । चन्दल् पुरुष एकलमा काठमाण्डौका भबिश थापालाई २१-९, २४-२२ ले पराजित गर्दै दोश्रो चरणमा स्थान बनाएका हुन् ।

यस्तै पुरुष एकल तर्फ जित निकाल्ने क्रममा सेनाका हिमाल चन्दले बाँकेका शिभ थापालाई २१-९, २२-२० ले, सेनाका पविन लिनथेपले कञ्चनपुरका संजीव भण्डारीलाई २१-६, २१-४ काे सेटमा, नवलपरासीका रोशन कुमालले कैलालीका सोशन खत्रीलाई २१-५, २१-८ काे सेटमा एपिएफका प्रियानसु सिंह क्षेत्रीले धादिङ्गका सविन तामाङ्गलाई २१-८, २१-१७ काे सेटमा हराए ।

चन्द्रगढीका अखिल श्रेष्ठले बाँकेका रियाज अन्सारीलाई २४-२२, २१-१७ काे सेटमा ले हराए भने बाँकेका इरफान अन्सारीले बाराका युवराज राउतबाट वाकओभर पाए ।

एपिएफका सुमन लिम्बुले चन्द्रगढीका रुपक थिङ्गलाई २१-१०, २०-२२, २१-१० काे सेटमा पराजित गर्दा सुर्खेतका नरेन्द्र बलमे बालकुमारी रिमिक्स क्लब राजेन्द्र महर्जनलाई २१-१८, २१-१७ काे सेटमा हराए । बाराका राम कृष्ण श्रेष्ठले परासीका लसन तामाङ्गलाई २१-१४, २३-२१ ले पराजित गर्दै दोश्रो चरण यात्र तय गरे ।

यस्तै महिला एकल तर्फ कैलालीका रोसन साउद, सुर्खेतका प्रकाश अधिकारी, चितवनका लामा छिरिङ्ग, बुटवल ब्याडमिन्टन क्लबका कृष नेपाल र कैलालीका पारस उपाध्यायले पनि दोश्रो चरणमा स्थान बनाए ।

साउदले बाँकेका शिब सुनुवारलाई २१-१२, २१-७, अधिकारीले बुटवल ब्याडमिन्टन क्लबका आयुष जङ्ग कार्कीलाई २१-८, २१-१३ काे सेट, लामाले कपिलबस्तुका आशिष कुमार चौधरीलाई २१-१०, २१-१५ काे सेटमा हराए ।

यसैगरि ललितपुरका सिद्धार्थ महर्जनले चितवनका रमन थापालाई २०-२२, २१-६, २१-१३ काे सेटमा पराजित गरे ।

महिला तथा पुरुष एकल स्पर्धाका बिजेता खेलाडीहरुले नगद १ लाख १५ हजार प्राप्त गर्नेछन् । यस्तै दोश्रोले ५५ हजार र तेश्रो हुने दुईले १५ । १५ हजारका दरले प्राप्त गर्नेछन् ।

करिव ४० लाख लागत रहेको प्रतियोगितामा राष्ट्रिय बरियताका २० भित्रका खेलाडी विचको युगल प्रतिस्पर्धामा बिजयी खेलाडीहरुले नगद ६० हजार, दोश्रोले ३० हजार र तेश्रोले ८ । ८ हजार प्राप्त गरेको छ । बरियतामा २० देखि बाहेकका बिजयी खेलाडीहरुले ५० हजार, दोश्रोले २७ हजार र तेश्रोले ७ । ७ हजार प्राप्त गर्नेछन् । यु–१७ छात्र तथा छात्रा भेट्रान्स ४५ र ५५ का बिजयी खेलाडीहरुले नगद ३० हजार प्राप्त गर्नेछन् । उपबिजयी खेलाडीहरुले १५ हजार र तेश्रो हुनेले ७ । ७ हजार प्राप्त गर्नेछन् ।

अन्य स्पर्धाका बिजयी खेलाडीहरुले स्पर्धा अनुसारको ६० हजार देखि ३० हजार सम्मको पुरस्कार रासी प्राप्त गर्ने आयोजकले जनाएका छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey