खेलाडीलाई ब्यायाम गर्ने आफ्नो पूर्वाधार नै नभई टिकिरहेको बडिबिल्डिङ !

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०९-०८
  • |
  • 366 पटक हेरिएको

सरकारको लगानी भएरपनि धेरै खेलले अपक्षा गरेअनुसार अन्तराष्ट्रिय सफलता प्राप्त गर्न सकिरहेका छैनन् । तर नेपाल शारिरीक सुगठन तथा फिटनेश संघ भने आफ्नै वलबुतोमा स्थापित भएको छ । अस्तित्व आएको झन्डै पचास वर्षमा खेलाडीले पचास भन्दा बढि पदक नेपाली खेलकुद दिलाइसकेका छन् ।

संघकै भनाइलाई मान्ने हो भने शारिरीक सुगठन अहिले स्वर्णिम युगमा छ । तर संघसँग आफ्ना खेलाडीलाई प्रशिक्षण गराउने एउटा पूर्वाधार छैन । अहिलेसम्म जतिपनि खेलाडीले पदक जिते, ती सबै ब्यक्तिगत लगानीमा हात पारेका छन ।

२०३५ सालमा नेपाल शारिरिक सुगठन तथा भात्तोलन संघ स्थापना भयो । ४५ सालमा यी दुइ खेल बिगठन भए र यो खेलको नियामक निकाय, नेपाल शारिरिक सुगठन संघको रुपमा स्थापना भयो । यसको इतिहास फर्किएर हेर्दा , गर्वलायक नै छ ।

विश्व प्रतिस्पर्धामा सात वटा, एसियाली प्रतियोगितामा पाँच तथा दक्षिण एसियाली खेलकुदमा सात वटा स्वर्ण सहित ५३ वटा अन्तराष्ट्रिय पदक जितेको छ । तर बिडम्बना भन्नुपर्छ शारिरिक सुगठन संघसँग अहिलेसम्म आफ्नै व्यायमशाला छैन ।

sdr

खेलाडीहरु आफ्नै प्यासनलाई पछाउँदै अन्तराष्ट्रिय मञ्चमा पुगेका हुन् । अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदा न त बन्द प्रशिक्षणका लागि पुर्वाधार छन् न सुगठित शरिरीर बनाउन आर्थिक सहयोग पाइएको छ । एउटा अन्तराष्ट्रिय प्रतियोगिता सहभागिता जनाउनु अघि चार महिना समय लाग्छ भने कम्तीमा चार लाख रुपैयाँ खेलाडीको खर्च हुन्छ ।

यस बाहेक खेलाडीहरु १२ महिनै आफुलाई तन्दुरुस्त राखिरहेका हुन्छन् । यी सबैमा हुने खर्च खेलाडीको निजी हुन्छ । तर पनि २०१९ मा नेपालले नै आयोजना गरेको १२ औँ दक्षिण एसियाली शारिरिक सुगठन प्रतियोगिताका ताका १० लाख रुपैयाँ पाए बाहेक न त खेलाडीले तयारी खर्च पाउँछन् न त पर्याप्त प्रोत्साहन ।

व्यायमशाला हरेक खेलकुदका लागि आधारभुत पुर्वाधार हो । शारिरिक सुगठनर्का मात्रै नभइ अन्य खेलाडीको तन्दरुस्तीका लागि व्यामशाला आधुनिक खेलकुदको आधारभुत हिस्सामा पर्छ । खेलाडीको प्रदर्शनमा थप सुधार गर्ने हो भने उनीहरुलाई योग्य हुने खाले व्यायमशाला तथा प्रोत्साहन दिन अभिभावक निकायले कञ्जुस्याइ गर्न हुँदैन ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey