बाँकी संघको पनि निर्वाचन सम्भव तुल्याइ छाड्नेछु-सदस्य सचिव

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-०३
  • |
  • 387 पटक हेरिएको

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले निर्वाचन हुन बाँकी रहेका राष्ट्रिय खेल संघको निर्वाचन सम्भव तुल्याइ छाड्ने बताएका छन्।

एथलेटिक्स परिवार नेपालको आयोजनामा सोमबारदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु भएको तेश्रो राष्ट्रिय खुला गोल्डेन एथलेटिक्स मिटको उद्घाटन कार्यक्रमलाई सम्बोधनका क्रममा सदस्य–सचिव घिसिङले सो कुरा बताएका हुन् ।

‘म परिषद्मा आउँदा २ सय भन्दा बढीको हारीहारीमा राष्ट्रिय खेल संघ थिए । निर्वाचन कुन चराको नाम हो जस्तो थियो । अहिले ६१ राष्ट्रिय खेल संघ कायम गरिएको छ । ४३ वटाको निर्वाचन भएको छ । बाँकीको निर्वाचन हुन सकेको छैन । तिनि भित्र एथलेटिक्स संघ पनि परेको छ । म यहाँहरुलाई के विश्वास दिलाउन चाहन्छु भने एथलेटिक्स संघको निर्वाचन प्रक्रिया पनि छिट्टै आरम्भ हुनेछ ।’ सदस्य–सचिव घिसिङले भने– ‘सामान्तय परिषद्ले कुनैपनि संघमा हस्तक्षेपकारी कदम चालेको छैन । मैले संघहरुलाई व्यवस्थित बनाउनका निम्ति ध्यानाकर्षण गराउने काम भने गरेको छु । त्यसलाई हस्तक्षेप मान्नु भएन । एउटा विधिमा हिडाउनका निमित्त मात्र कोसिश गराएको हुँ । त्यो एउटा सत्प्रयासबीचमा ४३ वटा संघको निर्वाचन हुँदो रहेछ भने बाँकी संघको पनि निर्वाचन सम्भव तुल्याइ छाड्ने छु ।’

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey