युरोकप : सोमबार तीन खेल हुँदै
![](https://neplays.com/img/posts/Austria vs France-2024.jpg)
-
नेप्लेज
- |
- २०८१-०३-०३
- |
- 535 पटक हेरिएको
काठमाडौं । जर्मनीमा जारी युरोकप २०२४ अन्तर्गत आज सोमबार पनि तीन खेल हुँदैछ।
सोमबार हुने दिनको पहिलो खेलमा रोमानियाले युक्रेनको सामना गर्छ। यो खेल नेपाली समयअनुसार साझ ६:४५ बजेबाट एलियान्ज एरिनामा सुरु हुनेछ।
समूह 'ई' को पहिलो खेलमा यी दुई टोली पहिलो जितको खेजिमा हुनेछ।
यस्तै, सोहि समूहको अर्को खेलमा बेल्जियमले स्लोभाकियाको सामना गर्नेछ। यो खेल राति ९:४५ बजेबाट जर्मनीको ड्यूश बैंक पार्कमा सुरु हुनेछ।
जारी युरोकप अन्तर्गत सोमबारको अन्तिम खेलमा पहिलो खेल खेल्न लागेको फ्रान्स र अस्ट्रियाबीच हुनेछ। समूह 'डी' को यो खेल नेपाली समयअनुसार सोमबार राति १२:४५ बजेबाट मर्कुर स्पील एरेना हुनेछ।
यसै, समूहमा रहेको नेदरल्यान्डले आफ्नो पहिलो खेलमा पोल्यान्डमाथि २–१ को जित हासिल गरेको थियो। यसैले आजको यो खेलमा दुबै टोली पहिलो जितको खोजिमा हुनेछ।