विश्वकपमा श्रीलंकाको सान्त्वना जित

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-०३
  • |
  • 373 पटक हेरिएको

काठमाडौं । आइसिसी टी२० विश्वकपमा श्रीलंकाले सान्त्वना जित हासिल गरेको छ।

सेन्ट लुसियास्थित डारेन शामी राष्ट्रिय क्रिकेट मैदानमा सोमबार सम्पन्न समूह चरणको अन्तिम खेलमा श्रींलकाले नेदरल्यान्ड्लाई ८३ रनले पराजित गरेको हो।

श्रीलंकाले प्रस्तुत गरेको २०२ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड् १६.४ ओभरमा ११८ रनमै समेटियो।

नेदरल्यान्ड्सका लागि माइकल लेभिट र कप्तान स्कट एड्वार्डसले समान ३१, म्याक्स ओ’डोउड र साइब्रान्ड एन्जलब्रेख्तले समान ११ र आर्यन दत्तले १० रन बनाए।

श्रीलंकाका लागि नुवान तुसाराले तीन, कप्तान वानिन्दु हसरंगा र मथिशा पथिरानाले समान दुई तथा महेश तिक्क्षणा र डुसान सनाकाले समान एक विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको श्रींलकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २०१ रनको योगफल तयार पार्यो ।

श्रीलंकाका लागि कुशल मेन्डिस र चरिथ अस्लंकाले समान ४६, धनन्नजय डी सिल्भाले ३४, एन्जेलो म्याथ्युजले अविजित ३०, वानिन्दु हसरंगाले अविजित २० र कामिन्दु मेन्डिसले १७ रन बनाए।

नेदरल्यान्ड्सका लागि लोगन भान बिकले दुई तथा भिभियन किंगमा, आर्यन दत्त, पउल भान मिक्रेन र टिम प्रिन्गेलले समान एक विकेट लिए। 

जितसँगै समूह ‘डी’ को श्रींलकाले चार खेलमा तीन अंक जोड्यो। पराजित नेदरल्यान्ड्को समान खेलबाट दुई अंक रह्यो।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey