विश्वकपमा सहभागी हुन अब १० वर्ष कुर्दैनौँ : क्यान सचिव खड्का

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-०२
  • |
  • 791 पटक हेरिएको

काठमाडौं । नेपाल क्रिकेट सङ्घ क्यानका सचिव पारस खड्काले घरेलु संरचना निर्माणमा सरकारको ध्यान जान आवश्यक रहेको बताएका छन् ।

आइतबार युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै सचिव खड्काले नेपाल १० वर्षपछि विश्वकपमा सहभागी भएको उल्लेख गर्दै अब विश्वकपमा सहभागी हुन त्यति लामो अवधि कुर्नु नपर्नेगरी घरेलु संरचनाको निर्माणमा सरकारको ध्यान जान आवश्यक रहेको बताएका हुन् ।

उनले विश्वकपमा सहभागी खेलाडीहरूको प्रदर्शनबाट आउँदो पुस्ता समेत प्रेरित हुने विश्वास व्यक्त गरे ।

सातै प्रदेशको खेलकुद बजेट कस्तो छ ?

कार्यक्रममा उनले भने, ‘नेपालले विश्वकप खेल्दै गर्दा जुन माया हामीले देश र विदेशबाट पाइरहेका छौँ, यसबाट अबको पुस्ता समेत प्रेरित हुनेछ । नेपाल विश्वकप खेल्नका लागि १० वर्ष कुर्नु पर्‍यो । हामी आशा गरौँ कि अब विश्वकपमा हामी सहभागी हुनको लागि १० वर्ष कुर्ने छैनौँ । त्यसका लागि घरेलु संरचना खेलकुदको विकासका लागि महत्त्वपूर्ण पक्ष हो । यसको विकासका लागि हामीले हातेमालो गर्दै अगाडि बढ्न आवश्यक छ । यसका लागि खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् र सम्बन्धित सबै निकायको ध्यान जान आवश्यक छ ।’

अन्तर्राष्ट्रिय खेलकुदका पदक विजेताखेलाडीहरू नगदसहित सम्मानित

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey