अन्तर्राष्ट्रिय खेलकुदका पदक विजेताखेलाडीहरू नगदसहित सम्मानित

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-०२
  • |
  • 395 पटक हेरिएको

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।

मन्त्रालयले आइतबार काठमाडौंमा कार्यक्रम आयोजना गर्दै विभिन्न प्रतियोगितामा सहभागी भइ पदक जित्ने खेलाडीहरुलाई सम्मान गरेको हो ।

नगदसहित सम्मानित हुनेमा १९औं एसियाली खेलकुदमा रजत विजेता एरिका गुरूङ, १९औं एसियाली खेलकुदमा काँस्य विजेता राष्ट्रिय महिला कबड्डी टिम, चौथो एसियाली पारा खेलकुदमा काँस्य विजेता पलेशा गोवर्धन र आइसीसी मेन्स टी–२० वल्र्ड कप फाइनल एसियामा रजत विजेता राष्ट्रिय क्रिकेट टिमलाई सम्मानित गरेको हो ।

सम्मान समारोहमा युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ र नेपाल क्रिकेट संघका सचिव पारस खड्का लगायतको उपस्थिति थियो । 

समारोहमा क्यानका सचिव खड्काले नेपाल १० वर्षपछि विश्वकपमा सहभागी भएको उल्लेख गर्दै अब विश्वकपमा सहभागी हुन त्यति लामो अवधि कुर्नु नपर्नेगरि घरेलु संरचनाको निर्माणमा सरकारको ध्यान जान आवश्यक रहेको बताए । विश्वकपमा सहभागी खेलाडीहरुको प्रदर्शनबाट आउँदो पुस्ता समेत प्रेरित हुने भनाइ उनले राखे ।

उनले भने, ‘नेपालले विश्वकप खेल्दैगर्दा जुन माया हामीले देश र विदेशबाट पाइरहेका छौं, यसबाट अबको पुस्ता समेत प्रेरित हुनेछ । नेपाल विश्वकप खेल्नका लागि १० वर्ष कुर्नु पर्यो । हामी आशा गरौं कि अब विश्वकपमा हामी सहभागी हुनको लागि १० वर्ष कुर्ने छैनौं । त्यसका लागि घरेलु संरचना खेलकुदको विकासका लागि महत्वपूर्ण पक्ष हो । यसको विकासका लागि हामीले हातेमालो गर्दै अगाडि बढ्न आवश्यक छ । यसका लागि खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् र सम्बन्धित सबै निकायको ध्यान जान आवश्यक छ ।’

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey