एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८०ः गुरुजी सटिङ सुटिङको साथ 

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-०२
  • |
  • 246 पटक हेरिएको

‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८०’ लाई धनगढीको गुरुजी सटिङ सुटिङले साथ दिएको छ । असार ७ गते धनगढीको ओम प्यालेसमा हुने अवार्डमा गुरुजी सटिङ सुटिङले साथ दिएको हो । गुरुजी सटिङ सुटिङका प्रबन्ध निर्देशक सतिश जोशी र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका सचिव विराज रोस्याराले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

गुरुजी सटिङ सुटिङका प्रबन्ध निर्देशक जोशीले व्यवसाय सुरुवातदेखि नै सामाजिक उत्तरदायित्व वहन गर्दै खेलकुद क्षेत्रलाई सहयोग गरेर साथ दिदैं आएकोमा अवार्डसँग पनि जोडिएको बताए । उनले विगतदेखि नै समाजमा हुने हरेक कार्यहरुमा सहभागीता जनाउँदै आएकोमा आगामी दिनहरुमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए । 

गुरुजी सटिङ सुटिङ सुदुरपश्चिमकै टेन्ड्रिङमा रहदै आएको छ । २४ घण्टाभित्र तयारी पोशाक उपलब्ध गराउँदै आएको गुरुजी सटिङ सुटिङले मुल्य र गुणस्तरमा ध्यान दिएर ग्राहकहरुलाई सेवा दिदैं आएको छ ।

अवार्डको मुख्य प्रायोजकमा धनगढीको सुदुरपश्चिमाञ्चल एकेडेमी रहेको छ । पाँचौ संस्करणको ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८०’ मार्फत वर्ष २०८० मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड प्रदान गरिने छ ।

उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने भएको हो ।  उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५÷३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाईम एचिभमेन्ट अवार्डका विजेतालाई २५÷२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । यस्तै सुदूरपश्चिम आईकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । 

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey