बंगलादेशलाई ११६ रनको लक्ष्य

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-११
  • |
  • 705 पटक हेरिएको

काठमाडौं । आइसिसी टी२० विश्वकपको सुपर आठमा बंगलादेशलाई सेमिफाइनल सम्भावना कायम रहेको अफगानिस्तानले ११६ रनको लक्ष्य दिएको छ।

वेष्ट इन्डिजको किङ्सटावनमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धातिर २० ओभरमा पाँच विकेट गुमाउँदै ११५ रन बनायो।

अफगानिस्तानका लागि ओपनर रहमानुल्लाह गुर्वाजले ५५ बलमा ३ चौका र एक छक्कासहित सर्वाधिक ४३ रन बनाएका थिए। अर्का ओपनर इब्राहिम जाद्रनले १८ रन जोडे। पहिलो विकेटको लागि ५९ रनको साझेदारी भएको थियो। कप्तान रसिद खानले अविजित १९ रन जोडे।

अफगानिस्तान बंगलादेशलाई हराउँदै सेमिफाइनल पुग्ने योजनामा छ। यसअघि भएको विश्वकपको भेटमा बंगलादेशले अफगानिस्तानलाई हराएको थियो। समूह १ बाट भारत सेमिफाइनलमा पुगिसकेको छ। अब, बंगलादेश, अफगानिस्तान र अस्ट्रेलियामध्ये एक टोलीको टुंगो लाग्न बाँकी छ।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey