चन्द्रागिरी टिम च्याम्पियन

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-२४
  • |
  • 563 पटक हेरिएको

आयोजक चन्द्रागिरी तेक्वान्दो डोजाङले प्रथम चन्द्रागिरी राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिताको उपाधि जितेको छ । १६ स्वर्ण, १२ रजत र ११ कांस्यसाथ चन्द्रागिरी समग्रमा टिम च्याम्पियन बन्यो ।

दोश्रो भएको कोटेश्वर तेक्वान्दो डोजाङले ९ स्वर्ण, २ रजत र १३ कांस्य जित्यो । तेश्रो स्थानको नेसनल तेक्वान्दो एकेडेमी (एनटीए) ले ४ स्वर्ण, ५ रजत र ३ कांस्य प्राप्त ग¥यो । शीर्ष तीन हात पार्ने टिमले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार नगद पुरस्कार पाए ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा भएको प्रतियोगिताको पुरुषमा आयोजकका राम शाही तथा महिलामा एनटीएकी रोशनी तितुङ उत्कृष्ट खेलाडी घोषित भए । अर्योन योगी उत्कृष्ट निर्णायक तथा आयोजकका विवेक महर्जन उत्कृष्ट प्रशिक्षक चुनिए । उत्कृष्ट चारैले जनही ५ हजार नगद पुरस्कार प्राप्त गरे । रिब्सले अनुशासित टिमको उपाधि हात पा¥यो ।

विजेतालाई राखेपका उपाध्यक्ष शिव कोइरालालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा विभिन्न २७ जिल्लाका ५ सयभन्दा बढी खेलाडीले ३९ स्पर्धामा प्रतिस्पर्धा गरेको प्रतियोगिता संयोजक एवं आयोजक डोजाङका प्रमुख सुवास तामाङले जनाएका छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey