इङ्ल्यान्ड ‘सी’ सँग हार्‍यो नेपाल

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-२४
  • |
  • 745 पटक हेरिएको

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीले इङ्ल्यान्ड ‘सी’ सँग मैत्रीपूर्ण खेलमा पराजित भएको छ। 

अल्डरसट टाउन एफसी स्टेडियम इबीबीमा भएको मैत्रीपूर्ण खेलमा नेपाल २-० ले पराजित भएको हो।

पहिलो हाफमै दुई गोल खाएको नेपालले दोस्रो हाफमा भने सम्हालियर खेलेको थियो।

इङ्ल्यान्डका लागि आठौँ मिनेटमा निक काबाम्बाले अग्रता दिलाएका थिए। १३औँ मिनेटमा नेपालले दोस्रो गोल खान पुग्यो। कर्नर किक क्लियर गर्न नसक्दा क्यालाम स्टेडले इङ्ल्यान्डलाई दुई गोलको अग्रता दिलाए।

त्यसपछि बाँकी समय थप गोल हुन सकेन।

नेपालले यसअघि शनिबार ब्रिटिश आर्मीसँग मैत्रीपूर्ण खेल खेलेको थियो। उक्त खेल गोलरहित बराबरीमा सकिएको थियो।

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey