जाभी अझैं एक वर्ष बार्सिलोनामै रहने

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-१३
  • |
  • 312 पटक हेरिएको

स्पेनिस क्लब बार्सिलोनाका प्रशिक्षक जाभी अर्को सिजनको अन्तिमसम्मै प्रशिक्षक रहने भएका छन् । उनको सम्झौता सन् २०२५ को जुनसम्म छ । 

गत ज्यानुअरीमा जाभीले यही समरमा बार्सिलोना छोड्ने घोषणा गरेका थिए । त्यसबेला खराब नतिजाबाट गुज्रिएको बार्सिलोनाले अहिले प्रदर्शनमा सुधार गरेको छ । 

त्यसबेला क्लबको साथ नपाएको महसुस गरेका जाभीले हालै क्लबका अध्यक्ष योहान लापोर्तासँग उनकै घरमा मिटिङ गरेका थिए । त्यसक्रममा अध्यक्षले जाभीलाई क्लब नछोड्न आग्रह गरेका हुन् ।

कतारी क्लब अल साद छोडेर सन् २०२१ को नोभेम्बरमा बार्सिलोनामा भित्रिएका पूर्व मिडफिल्डर जाभीले २०२२–२३ को सिजनमा क्लबलाई उपाधि जिताएका थिए । 

तर, अहिले बार्सिलोना ला लिगाको शीर्ष स्थानको रियल मड्रिडभन्दा ११ अंकले पछि छ । बार्सिलोना च्याम्पियन्स लिगबाट पनि बाहिरिएपछि जाभीमाथि दबाब बढेको छ । 

सन् २०२४–२५ को सिजनपछि बार्सिलोनाले पेप ग्वार्दिओला, लुइस एनरिके वा मिकेल अर्टेटा जस्ता हाइप्रोफाइल प्रशिक्षक नियुक्त गर्ने तयारी गरेको छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey