अन्तिम टी–२०मा नेपालको जीत

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-२२
  • |
  • 508 पटक हेरिएको

वेस्टइन्डिज ‘ए’विरुद्धको टी–२० क्रिकेटको अन्तिम खेलमा नेपाल ६ विकेटले विजयी भएको छ । तर सिरिज भने ३–२ ले गुमाएको छ । पहिलो खेल जितेको नेपालले त्यसपछि लगातार तीन खेलमा पराजित हुँदै सिरिज गुमाइसकेको थियो । टी २० विश्वकप क्रिकेट खेल्न जानु अघि घरेलु मैदानमा भएको अन्तिम मैत्रीपूर्ण खेलमा जित निकाल्दा नेपाली क्रिकेट टिमको मनोबल भने बढ्ने विश्वास गरिएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा वेस्टइन्डिज ए ले टस जितेर पहिला ब्याटिङ गरेको थियो । उसले निर्धारित ओभरमा ७ विकेट गुमाएर १७२ रन बनाएको थियो । जवाफमा नेपालले १८.५ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो । नेपालको जितमा कुशल मल्लले आक्रामक पारि खेले । उनले १९ औं ओभरको खेलमा कुशलले १८ रन जोड्दा लेगबाइको रुपमा थप ४ रन आएपछि विजयी भयो ।

उनलाई साथ दिन आएका कप्तान रोहित पौडेलले एक बल पनि फेस गरेनन् । मल्ले १८ बलमा ३७ रनको  नटआउट पारि खेल्दा तीन छक्का र तीन चौका प्रहार गरे । जितको आधार भने आशिफ शेख र अनिल साहले तय गरेका थिए । यी दुई खेलाडीले अर्धशतकीय पारि खेले । कुशल भुर्तेल आज पनि १३ रन बनाएर आउट भएपछि आशिफलाई साथ दिएका आएका अनिलले पारि अघि बढाए ।

आशिफ ३५ बलमा ५१ रन बनाएर आउट हुँदा पाँच छक्का र दुई चौका प्रहार गरे । यस्तै, अनिलले ४५ बलमा ५८ रनको अर्धशतकीय पारि खेल्दा चार चौका र चार छक्का हिर्काए । वेस्टइन्डिज एका आबेड म्याकवेले तीन विकेट लिए ।

पहिला ब्याटिङ गर्दा वेस्टइन्डिज एका एलिक एथानाजेले २९ बलमा ४२ रन बनाउँदा कप्तान रोस्टन चेजले ३३ रन जोडे । यस्तै, म्याथ्यु फोर्डले २३ रन जोडेका थिए । नेपालका सागर ढकाल र सोमपाल कामी दुवैले तीन तीन विकेट लिँदा अभिनाश बोहोराले एक विकेट लिए । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey