मुम्बईले दियो राजस्थानलाई १८० रनको लक्ष्य

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-१०
  • |
  • 497 पटक हेरिएको

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपिएल) मा मुम्बई इन्डियनले राजस्थान रोयलसलाई १८० रनको विजयी लक्ष्य दिएको छ। 

राजस्थानको घरेलु मैदान जयपुरमा टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १७९ रन बनायो।

मुम्बईका तिलक बर्माले सर्वाधिक ६५ रन बनाए। ४५ बल खेलेका उनले ५ चौका र ३ छक्का प्रहार गरे। नेहल बढेरा ४९, मोहम्मद नाबी २३, सूर्यकुमार यादव १० र कप्तान हार्दिक पाण्ड्या १० रनमा आउट भए।

मुम्बईका अन्यले भने राम्रो प्रदर्शन गर्न सकेनन्। राजस्थानका सन्दीप शर्माले सर्वाधिक ५ विकेट लिए।

ट्रेन्ट बोल्टले २ विकेट लिँदा आवेश खान र युजवेन्द्र चहलले १/१ विकेट लिए।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey