ट्राभिस हेडको आक्रामक ब्याटिङमा दिल्लीलाई दियो २६७ रनको लक्ष्य

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-०८
  • |
  • 880 पटक हेरिएको

काठमाडौँ । ओपनर ट्राभिस हेडको आक्रामक ब्याटिङमा सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सलाई २६७ रनको लक्ष्य दिएको छ।

अरुण जेटली स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको हैदरावादले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २६६ रन बनाएको हो।

हैदरावादका ओपनर हेडले सर्वाधिक ८९ रनको इनिङ्स खेले। ३२ बल खेलेका उनले ११ चौका र ६ छक्का प्रहार गरे।

अभिषेक शर्मा ४६, नितिशकुमार रेड्डी ३७, हेनरिक क्लासेन १५ र अब्दुल समद १३ रनमा आउट हुँदा शाहबाज अहमद ५९ रनमा अविजित रहे।

दिल्लीका कुलदीप यादवले सर्वाधिक ४ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले ५५ रन खर्चिए। यस्तै, मुकेश कुमार र अक्षर पटेलको नाममा १ विकेट रह्यो।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey