हङकङलाई १४० रनको लक्ष्य

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-०८
  • |
  • 432 पटक हेरिएको

काठमाडौँ। दीपेन्द्रले अन्तिम ओभरमा २० रन प्रहार गरेसँगै नेपालले एसीसी प्रिमियर कपअन्तर्गत तेस्रो स्थानका लागि हङकङलाई १४० रनको लक्ष्य दिएको छ।

अल अमेरत क्रिकेट ग्राउन्ड (मिनिस्ट्री टर्फ १) ओमानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३९ रन बनाएको हो।

अन्तिम ओभरमा दीपेन्द्रले २ चौका र २ छक्कासहित २० रन प्रहार गरेका थिए। अविजित रहेका उनले २९ बलमा ४ चौका र ३ छक्कासहित ४४ रन बनाए।

सन्दीप जोरा २२, कप्तान रोहितकुमार पौडेल २१ऽ नेपालका ओपनर कुशल भुर्तेल शून्य, आशिफ शेख ५, सोमपाल कामी १२, करण केसी ३ र कुशल मल्ल १३ रनमा आउट भए।

ललितनारायण राजवंशी २ रनमा अविजित रहे।

हङकङका आयुष शुक्लाले सर्वाधिक ३ विकेट लिए। अतिक इकवाल, यासिम मुर्तजा र एहसान खानको नाममा १/१ विकेट रह्यो।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey