गण्डकीमाथि सुदूरको सहज जित

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-०८
  • |
  • 351 पटक हेरिएको

काठमाडौँ । वीर गणेशमान सिंह राष्ट्रिय टी-२० क्रिकेट च्याम्पियनसिपमा सुदुरपश्चिम प्रदेशले सहज जित हात पारेको छ। 

दुई खेल खेलेको सुदुरपश्चिमले पहिलो जित दर्ता गर्नेक्रममा गण्डकी प्रदेशलाई ९ विकेटले पराजित गरेको हो। 

मुलपानी मैदानमा शनिवार टस जितेर बलिङ गर्ने निर्णय लिएको सुदुरपश्चिम प्रदेशले लगातार अन्तरालमा विकेट हासिल गर्दै गण्डकी प्रदेशले ब्याटिङग साझेदारी बनाउन सकेन। १८.३ ओभरमा केवल ११७ रन जोड्दा गण्डकी प्रदेशले आफ्नो सवै विकेट गुमायो।

ब्याटिङग क्रममा शीर्ष ३ मा ब्याटिङग गरेका अर्जुन कुमाल, ईश्वर क्षेत्री र दिपक डुम्रेलाई सस्तैमा गुमाएको गण्डकी कुनै समय १९(३ को अवस्थामा पुगेको थियो। 

गण्डकीको ब्याटिङगमा कप्तान विपिन खत्रीले अविजित १९ बलमा ३० रन तथा रोशन गौतमले २३ बलमा २८ रन बनाए। यस्तै करन पंगेनी र दिनेश बुढा मगरले समान १५र१५ रन बनाउन बाहेक अन्य ब्याट्समेनले दोहोरो अंकमा रन जोड्न सकेनन्। 

सुदुरपश्चिमको बलिङगमा नरेन भट्टले केवल १ रन खर्चिएर २ विकेट लिए। यस्तै नारायण जोशी र शेर मल्लले समेत समान २र२ विकेट लिए।

जवाफमा ११८ रनको सामान्य लक्ष्य सुदुरपश्चिम प्रदेशले १९ ओभरमा केवल १ विकेट गुमाएर पुरा गर्यो। सुदुरपश्चिमलाई सहज जित दिलाउने क्रममा खेलको प्लेयर अफ दि म्याच चुनिएका अविशेक पालले सर्वाधिक ४९ रन बनाए। यस्तै बसन्त कार्कीले अविजित ३७ र राजु रिजालले अविजित २९ रन बनाए। 

प्रतियोगिता अन्तर्गत आजको दोस्रो खेलमा लुम्बिनी प्रदेश र कोशी प्रदेश भिड्दै छन्।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey