‘सी’ डिभिजन लिग : झम्सिखेल र पुल्चोक तथा साँगा र रानीवन भिड्दै
- नेप्लेज
- |
- २०८१-०१-०६
- |
- 269 पटक हेरिएको
काठमाडौँ । जारी शहिद स्मारक ‘सी’ डिभिजन लिगमा बिहीबार (आज) दुई खेल हुँदैछ।
सातदोबाटोस्थित एन्फा मुख्यालयमा दिउँसो १ बजे शुरु हुने दिनको पहिलो खेलमा झम्सिखेल युथ क्लबले पुल्चोक स्पोर्टस क्लबको सामना गर्दैछ।
जारी सिजन पुल्चोकले सामाजीक युवा क्लबलाई ३-० तथा स्वयम्भु क्लबलाई २-१ ले पराजित गरेको थियो भने आजको खेलमा पनि जित हासिल गर्दै पुल्चोक लगातार तेस्रो खेलमा जित हासिल गर्ने दाउमा रहेको छ।
यता, झम्सिखेल पनि दोस्रो जितको खोजीमा छ। यसअघि स्पोर्टस एकेडेमी साँगासँग १-० ले पराजित झम्सिखेलले गोलबजार स्पोर्टस क्लबलाई ४-० ले हराएको थियो।
यस्तै दिउँसो ४ बजे शुरु हुने खेलमा साँगा र रानीवन स्पोर्टस क्लब भिड्ने छन्।