भिनिसियसको दुई गोलमा रियालको बराबरी

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-१९
  • |
  • 493 पटक हेरिएको

काठमाडौँ । भिनिसियस जुनियरको दुई गोलमा रियाल मड्रिडरले जारी सिजनको (यूइएफए) च्याम्पियन्स लिग फुटबलअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा बायर्न म्युनिखसँग २–२ को बराबरी खेलेको छ।

बायर्न घरेलु मैदान एलिएन्ज रंगशालामा मंगलबार राति सम्पन्न खेलमा दुबै टोली २२ बराबरीमा रोकिन पुगेको हो। 

खेलको २४औं मिनेटमा जुनियरले गोल गर्दै पाहुना टोली रियाललाई अग्रता दिलाए। पहिलो हाफमा १–० ले पछि परेको बायर्न दोस्रो हाफको सुरुमै अग्रता लिन सफल भयो।

लिरोय सानेले ५३औं मिनेटमा बराबरी गोल गरेका हुन्। ह्यारी केनले ५७औं मिनेटमा पेनाल्टीमा गोल गर्दै टोलीलाई २–१ को अग्रता दिलाएका हुन्। तर, खेल सकिन सात मिनेट अघि जुनियरले गोल गर्दै खेल बराबरीमा ल्याएका हुन्।

अब, दोस्रो खेल रियाल मैदानमा मे ९ मा हुनेछ। 

बिहिवार राति नै हुने दोस्रो सेमिफाइनलमा बोरुसिया डर्टमन्ड र पेरिस सेन्ट जर्मेन (पिएसजी)बीच प्रतिस्पर्धा हुनेछ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey