एएफसी च्याम्पियन्स लिग : अल हिलाल ४-२ ले पराजित
- नेप्लेज
- |
- २०८१-०१-०६
- |
- 844 पटक हेरिएको
काठमाडौँ । साउदी प्रो लिग क्लब अल हिलाल एएफसी च्याम्पियन्स लिगअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा अल ऐनसँग पराजित भएको छ।
बुधबार राति सम्पन्न खेलमा घरेलु टोली ऐनले हिलाललाई ४-२ गोल अन्तरले पराजित गरेको हो।
ऐनको जितमा सुफियान रहिमीले ह्याट्रिक गरे। यस्तै, काकुको नाममा १ गोल रह्यो। हिलालका माल्कम र अल डावसरीले १/१ गोल गरे।
सुफियानले खेलको छैटौँ, २६औँ र ३८औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए। यस्तै, काकुले ५६औँ मिनेटमा पेनाल्टीमार्फत् गोल गरे।
माल्कमले ४९ र डावसरीले ७८औँ मिनेटमा गोल गरेपनि हिलाललाई हारबाट जोगाउन सकेनन्।