प्रिन्स र विजितको जोडी भरतपुर मेयर्स कप अन्तर्राष्ट्रिय आमन्त्रित ब्याडमिन्टनको फाइनलमा   

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-१२-१६
  • |
  • 214 पटक हेरिएको

चितवनको भरतपुर–१०, स्थित कवर्ड हलमा जारी ‘प्रथम भरतपुर मेयर्स कप अन्तर्राष्ट्रिय आमन्त्रित ब्याडमिन्टन प्रतियोगिता–२०८०’ को फाइनल समीकरण पुरा भएको छ । 

प्रतियोगितामा कुल पाँच इभेन्टका खेलहरु भइरहेका छन् । पुरुष खुल्लातर्फ फाइनलमा शसस्त्र प्रहरी बल एपिएफ क्लवका प्रिन्स दाहाल र विजित थापा मगरको जोडीले त्रिभुवन आर्मी क्लवका (टिएसी)का पविन लिङथेप र प्रफुल महर्जनको जोडीसंग प्रतिष्पर्धा गर्ने भएको छ । प्रिन्स दाहालको जोडीले भारतको विहारबाट आएका सत्यम कुमार र बर्दान यसको जोडीलाई सेमीफाइनलमा पराजित गरेको थियो । 

यस्तै टप २० र्‍याङकिङ बोहकका खुल्ला पुरुष प्रतिस्पर्धामा धादिङ र लमजुङका रमेश मल्ल ठकुरी र सुजन थापाको जोडीले उपाधिका लागि बालकुमारी रेमिक्स क्लबका ससिन डंगोल र सुमन शाक्यको जोडीसंग प्रतिष्पर्धा गर्नेछ । 

यसैगरि भेट्रान ४५ प्लस विधामा उपाधिका लागि कुस्मा र पिएफसीका प्रेम गुरुङ र सञ्जय कपालीको जोडीले तनहुँ र कास्कीका देव गुरुङ र शम्भु कुमार श्रेष्ठको जोडीसंग भिड्ने भएको छ । 

भेट्रान ५५ प्लस विधामा चितवनका बुद्धि चौधरी र धादिङका विष्णुलाल श्रेष्ठको जोडीले फिटनेशन पार्कका दिलबहादुर कन्दङवा र उमेश केसीको जोडीसंग उपाधिका लागि प्रतिष्पर्धा गर्ने आयोजकले जनाएको छ । अन्तिम विधा चितवन ‘सी’ लेभलको फाइनल प्रतिस्पर्धा पनि शनिबार नै हुनेछ । 

भरतपुर भ्रमण वर्ष २०२४ को अवसर पारेर भरतपुर महानगरपालिका नगर खेलकुद विकास समितिको आयोजना, चितवन जिल्ला ब्याडमिन्टन संघको सह–आयोजना, नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोग र चितवन जिल्ला खेलकुद विकास समितिको संरक्षकत्वमा जारी प्रतियोगिताको बिहीबार साँझ भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले समुद्घाटन गरेकी थिइन् । 

प्रतियोगिताका फाइनल खेलहरु शनिबार हुँदैछ । प्रतियोगिताका विजेताहरुलाई नगद पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितालाई सफल बनाउन कुल १८ लाख रुपैयाँ खर्च लाग्ने जनाईएको छ । प्रतियोगितामा भारतलगायत कुल ३७२ खेलाडीको सहभागिता रहेको छ । 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey