आइपिएल : बैंगलुरु र कोलकोता भिड्दै

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-१२-१६
  • |
  • 288 पटक हेरिएको

 

काठमाडौँ । १७औँ संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्स भिड्न्त हुँदै छ।

बैंगलुरुमा हुने यो खेल नेपाली समय अनुसार राती ७:४५ बजेदेखि शुरु हुनेछ।

जारी आइपिएलमा बैंगलुरुले अहिलेसम्म २ खेलमा एक जित र एक हार बेहोरेको छ। बैंगलुरु पहिलो खेलमा चेन्नई सुपर किंग्ससँग हारेको थियो भने दोस्रो खेलमा पञ्जाव किंग्सलाई पराजित गरेको थियो।

त्यसैगरी कोलकोताले भने आफ्नो पहिलो खेलमा सनराइजर्स हैदरावादलाई पराजित गरेको थियो।

कोलकोताले यसअघि २०१२ र २०१४ मा उपाधि जितेको छ भने २०२१ मा उपविजेता बनेको छ। गत सिजनमा कोलकोता सातौं स्थानमा आएको थियो।

त्यस्तै, रोयल च्यालेन्जर्स बैंगलुरुले अहिलेसम्म आइपिएलको उपाधि जित्न सकेको छैन। गत सिजनमा बैंगलुरु छैटौं स्थानमा रहेको थियो।

गएराति भएको खेलमा राजस्थानले दिल्लीलाई १२ रनले पराजित गरेको छ। पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित ओभरमा ५ विकेट गुमाएर १८५ रन बनाएको थियो। जवाफमा दिल्ली ५ विकेट गुमाएर १७३ रनमा रोकियो। 

पहिला ब्याटिङ गर्दा सुरुआत राम्रो गर्न नसकेको राजस्थानको पारिलाई रियान परागले नटआउट ८४ रन बनाउँदै उकासेका थिए। 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey