आइपीएलमा राजस्थानको लगातार जित

Kelmi

  • एजेन्सी
  • |
  • २०८०-१२-१६
  • |
  • 243 पटक हेरिएको

इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा राजस्थान रोयल्सले लगातार दोस्रो जित निकोलेको छ । विहीबार राति भएको खेलमा राजस्थानले दिल्लीलाई १२ रनले पराजित गरेको हो । पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित ओभरमा ५ विकेट गुमाएर १८५ रन बनाएको थियो । जवाफमा दिल्ली ५ विकेट गुमाएर १७३ रनमा रोकियो । 

पहिला ब्याटिङ गर्दा सुरुआत राम्रो गर्न नसकेको राजस्थानको पारिलाई रियान परागले नटआउट ८४ रन बनाउँदै उकासेका थिए । 

यशस्वी जयसवाल ५ रन बनाएर पहिलो विकेटको रुपमा आउट भएका थिए । ५.२ ओभरमा ३० रन बनेका बेला कप्तान सन्जु सामसन १५ रन बनाएर आउट भए । लगत्तै जोस बटलर पनि व्यक्तिगत ११ रन जोडेर आउट हुँदा राजस्थानले ७.२ ओभरमा ३ विकेट गुमाएर ३६ रन बनाएको थियो ।

त्यसपछि रियान पराग र रविचन्द्रन आश्विन मिलेर अघि बढाए । यी दुईले ३७ बलमा  ५४ रनको पारि खेले । आश्विन १९ बलमा २९ रन बनाएर चौथो विकेटको रुप्मा आउट भए । त्यसपछि रियान र ध्रुव जुरेलले २३ बलमा ५२ रनको साझेदारी गरेपछि राजस्थान पनि ठूलो स्कोरतर्फ अघि बढेको थियो । जुरेल १२ बलमा २० रन जोडेर आउट भएकाा थिए । अन्तिम १६ बलमा नटआउट ४३ रनको साझेदारी गर्दै रियान पराग र सिमरोन हटमायर फर्किएका थिए ।

हटमायरले ७ बलमा १४ रनको नटआउट पारि खेल्दा परागको नटआउट ८४ रनको अर्धशतकीय पारि नै राजस्थानका लागि ठूलो राहत पुगेको थियो । रियानले ४५ बलमा छ छक्का र सात चौका प्रहार गरे ।

दिल्लीका खलिल अहमद, मुकेश कुमार, एनरिच नोट्जे, अक्षर पटेकल र कुलदीप यादवले एक एक विकेट लिए ।

जवाफी लक्ष्यसहित मैदान उत्रिएको  दिल्ली क्यापिटल्सले सुरुआत मध्यम गरेको थियो । डेभिड वार्नर र मिचेल मार्सले पहिलो विकेटका लागि ३० रनको साझेदारी गरे । मिचेल मार्स १२ बलमा २३ रन बनाएर आउट भएका थिए । उनले पाँच चौका प्रहार गरे । लगत्तै रिकी भुइ खाता नै नखोलेर आउट भए । त्यसपछि वार्नर र कप्तान रिसव पन्तले पारि अघी बढाए । यी दुई खेलाडीले ४६ बलमा ६७ रनको साझेदारी गरेका थिए । पन्त २० बलमा २४ रन बनाएर आउट भए । वार्नर ३४ बलमा ४९ रनको पारि खेल्दै आउट भएका थिए । उनी तेस्रो विकेटको रुपमा आउट हुँदा दिल्लीले ११.२ ओभरमा ९७ रन बनाएको थियो ।

चौथो विकेटको रुपमा कप्तान ऋषभ पन्त आउट भएका थिए । ऋषभले २६ बलमा २८ रन बनाएका थ्एि ।अभिषेक पोरेल ९ रन बनाएर आउट हुँदा दिल्लीले १५.३ ओभरमा १२२ रन बनाएको थियो । एक छेउमा ट्रिस्टन स्टब्सले अन्तिमसम्म प्रयास गरे पनि सफल भएनन् ।

उनी र अक्षर पटेलले अन्तिम २७ बलमा ५१ रनको साझेदारी गरे पनि दिल्ली १२ रनले पराजित भयो । स्टिब्सले २३ बलमा ४४ रनको नटआउट पारि खेल्दा अक्षरले १३ बलमा १५ रन जोडेर नटआउट फर्किए । राजस्थानका नान्द्रे ब्रुगर र युजवेन्द्र चहलले दुई दुई विकेट लिँदा आभेष खानले एक विकेट हात पारे । जारी सिजनमा दिल्लीको लगातार दोस्रो हार हो भने राजस्थानले लगातार दोस्रो जित निकालेको छ । 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey