कैलाली प्रिमियर लिग: आलिताल र पुनर्वास अन्तिम चारमा 

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-१२-१५
  • |
  • 234 पटक हेरिएको

विनाेद सिंह विष्ट

धनगढीमा जारी दाेस्राे संस्करणको  कैलाली प्रिमियर लिग  अन्तरपालिका टि-२० क्रिकेट प्रतियाेगिताकाे सेमिफाइनल समीकरण पूरा भएकाे छ। समूह ए बाट आज डडेल्धुराकाे आलिताल गाउँपालिका र कञ्चनपुरकाे पुनर्वास नगरपालिका अन्तिम चारमा पुगेसंगै सेमिफाइनल समीकरण पूरा भएकाे हाे ।

आज सम्पन्न लिग चरणकाे अन्तिम खेलमा आलितालले पुनर्वासलाई ४ विकेटले हरायाे। पुनर्वास आज  पराजित भएपनि यसअघिका  २ खेल जितेकाले अंकतालिकाकाे दाेस्राे र ३ खेलबाटै २ जित  हात पारेकाे आलिताल नेटरनरेटमा शिर्ष स्थानमा रहदै सेमिफाइनल पुगे। 

यस्तै  समान ३ खेलबाट २ खेल जितेका टिकापुर र घाेडाघाेडी नगरपालिका भने नेट रनरेटमा पछि परेपछि प्रतियोगिताबाट बाहिरिए।

यसअघि समूह बी बाट डडेलधुराकाे परशुराम नगरपालिका र डाेटीकाे शिखर नगरपालिका सेमिफाइनलमा पुगिसकेका छन्।

जितका लागि पाएकाे १०३ रनकाे लक्ष्य आलितालले १७.३ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्याे। जसमा राजु रिजालले सर्वाधिक ३५ रन बनाए। पुनर्वासका  सचिन भट्टले २ विकेट लिए। 

त्यसअघि फाप्ला क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेकाे पुनर्वास १९.२ ओभरमा १०२ रनमा समेटियो । उसका विपिन रावलले २४, यम कार्कीले २१,निशान्त बुढाऐरले १७ रन बनाएपनि अन्यले दाेहाेराे अंकमा रन जाेड्न सकेनन् ।   आलितालका लागि ३ विकेट हात पारेका विरेन्द्र चन्द म्यान अफ द म्याच चुनिएका स्काेरर नुरेन अन्सारीले जानकारी दिनुभयो । 

प्रतियोगिताका सेमिफाइनल खेलहरू भाेलि हुनेछन् ।

पहिलाे सेमिफाइनल खेलमा आलिताल र शिखर भिड्दा दाेस्राेमा पुनर्वास र परशुराम आमनेसामने हुनेछन्।

कैलाली जिल्ला क्रिकेट संघको आयाेजनामा चैत ५ गतेदेखि शुरू भएकाे प्रतियोगितामा सुदूरपश्चिमका ११ पालिकाहरूकाे सहभागीता रहेकाे छ।

 प्रतियोगिता चैत १७ गते सम्पन्न हुने कैलाली जिल्ला क्रिकेट संघका अध्यक्ष विक्रम विष्टले बताउनुभयाे। 

उपाधि विजेताले २ लाख र उपविजेताले १ लाख पुरूस्कार पाउने जनाइएकाे छ।  याे प्रतियोगिताले क्रिकेटकाे विकास र खेलाडी उत्पादनमा सहयाेग पुग्ने आयाेजक कैलाली जिल्ला क्रिकेट संघकाे विश्वास छ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey