बहराइनसँग खेलेर नेपाली टोली स्वदेश फिर्ता
- नेप्लेज
- |
- २०८०-१२-१५
- |
- 228 पटक हेरिएको
काठमाडौँ। फिफा विश्वकप २०२६ र एएफसी एशियन कप २०२७ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा बहराइनसँग खेलेर नेपाली टोली स्वदेश फर्किएको छ।
समूह ‘एच’ मा रहेको नेपाली टोली ‘होम एन्ड अवे’ दुवै खेल खेलेर बिहीबार स्वदेश फिर्ता भएको हो।
छनोट अन्तर्गत रफास्थित राष्ट्रिय रंगशालमा भएको पहिलो खेलमा नेपाल घरेलु टोली बहराइनसँग ५–० गोल अन्तरले पराजित भएको थियो।
मंगलबार सम्पन्न खेलमा भने नेपाली टोलीले सुधारिएको प्रदर्शन गरेको थियो। तर, नतिजा ३–० ले बहराइनलाई सुम्पियो।
समूह 'एच' मा रहेको नेपाल ४ खेलमा अंकविहीन रहँदै पुछारमा छ। नेपाल यूएईसँग ४–० र यमनसँग २–० गोल अन्तरले पराजित भएको थियो। यस समूहमा यूएई १२ अंकसहित शीर्ष स्थानमा छ। ९ अंकसहित बहराइन दोस्रो र ३ अंक जोडेको यमन तेस्रोमा छ।
नेपालभने विश्वकप छनोटबाट बाहिरिसकेको छ।