अफगानिस्तानले जित्यो टी-२० सिरिज

Kelmi

  • एजेन्सी
  • |
  • २०८०-१२-०६
  • |
  • 237 पटक हेरिएको

आयरल्याण्डविरुद्धको टी-२० सिरिज अफगानिस्तानले जितेको छ ।

तेस्रो तथा अन्तिम टी-२० मा अफगानिस्तानले आयरल्याण्डलाई ५७ रनले पराजित गर्दै सिरिज २-१ ले जितेको हो ।

सारजाह क्रिकेट मैदानमा सोमबार राति भएको अन्तिम टी-२०मा पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ओभरमा ७ विकेट गुमाएर १५५ रन बनाएको थियो ।

आयरल्याण्ड भने १७.२ ओभरमा ९८ रनमा रोकिन पुग्यो । पहिला ब्याटिङ गर्दा अफगानिस्तानका इब्राहिम जर्दानले ७२ रनको नटआउट पारि खेले ।

उनले ५१ बलमा ३ छक्का र ५ चौका प्रहार गरेका थिए । यसैगरी मोहमद इसाकले २७ रन जोड्दा सेदुल्लाह अटलले १९ रन बनाए ।

आयरल्याण्डका सात खेलाडीले एक एक विकेट हात पारे ।

लक्ष्य पछ्याएको आयरल्याण्डको सुरुआत राम्रो भएन । लगातार विकट पतन हुँदा १७.२ ओभरमा आयरल्याण्डको पुरै टिम ९८ रनमा रोकियो ।

आयरल्याण्डका लागि कर्टिस काम्फरले सर्वाीधक २८ रन बनाउँदा ग्रेथ डेलेनीले २१ रन जोडेका थिए ।

हेरी टेक्टर १६ रनमा आउट हुँदा अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

अफगानिस्तानका अज्मतुल्लाह ओमरजाइले सर्वाधिक ४ विकेट लिँदा नभिन उल हकले तीन विकेट हात पारे । 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey