बराबरीपछि के भने प्रशिक्षकले ?

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०८-१७
  • |
  • 814 पटक हेरिएको

फ्रेन्डसका प्रशिक्षक: मृगेन्द्र मिश्र

हामिले लिग च्याम्पियन क्लबसँग प्रेसर दिन सफल भयौं। अग्रताका बाबजुत बराबरीमा रोकियौं। तर पनि नतिजाबाट सन्तुष्ट छु। मैले दुबै टीमलाई नजिकबाट हेरेको छु। मैले थ्री स्टारकालागि पनि खेलेको थिंए। प्रशिक्षक पनि भँए। फ्रेन्डसबाट पनि यो दुबै भुमिका निभाएँ। अन्तिम समयमा हामिलाई अलि बढी प्रेसर भयो। प्रकाश इन्जर्ड भएपछि हामिलाई अलि समस्या भयो। समग्रमा भगावनले हामिलाई १-१ अंक दिए भन्ने लाग्छ।

थ्रीस्टारका असिस्टेन्ट प्रशिक्षक: रविन्द्र सिखाकार

आज हामीले फर्मेसन चेन्ज गरेर खेलेका थियौं। अघिल्लो खेलको तुलनामा हामिले सुधार गर्यौंे। तर हामिसँग स्कोरिङको समस्या छ । एकजना स्ट्राइकर मात्रै हुँदा स्वभाविक रुपमा मुस्कील पर्छ। अनुभवी मिडफिल्डलाई हामिले स्ट्राइकरलाई गोल कसरी दिने भनेर हामिलेनै मिलाउन सकिरहेको छैनौं। खेलाडीहरुले राम्रो खेलिरहेका छ्न। यसमा उनीहरुको दोस छैन।

हामिसँग युवा खेलाडी छन्। अनुभवी खेलाडी थौरै छन् उनीहरुलेनै अगाडि लग्ने प्रयास गरिहरेका छन्। यो पटक प्रशिक्षक पनि नयाँ र युवा खेलाडी र अनुभवी खेलाडी को तालमेल मिलाउन केहि समय लागेको छ। अब विस्तारै टीम ब्यालेन्समा आउँदै छ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey