न्युजिल्यान्ड विरुद्ध अय्यर र जडेजाको अर्धशतक 

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०८-०९
  • |
  • 1066 पटक हेरिएको

कानपुरमा बिहिबारबाट भारत र न्युजिल्यान्ड बिच टेस्ट सिरिज सुरु भएको छ। दुई खेलको सिरिजको पहिलो खेलमा भारतले टस जितेर पहिले ब्याटिङ गर्दै पहिलो दिनको समाप्तिमा ४ विकेट गुमाएर २५८ रन बनाएको छ।

भारतका लागि श्रेयस अय्यर र रविन्द्र जडेजाले पाँचौ विकेटका १४५ रनको अविजित साझेदारी जारी राखेका छन्। ओपनर शुभमन गिलले ५२ रनको अर्धशतकीय इनिङ खेल्दा अर्का ओपनर मंयक अग्रवाल भने १३ रनमा आउट भए। त्यस्तै चेतेश्वर पुजारा २६ रनमा आउट हुँदा कप्तान अजिंक्य रहाणे पनि गतिलो स्कोर बनाउन सकेनन्। रहाणे ३५ रनमा आउट भए।

तर भारतको विकेट पतन श्रेयस अय्यर र रविन्द्र जडेजाले रोके। यि दुईले पहिलो दिनको समाप्ति सम्म पाँचौं विकेटका लागि १४५ को अविजित साझेदारी गरेका छन्। टेस्टमा डेब्यु गरिरहेका श्रेयस ७५ रन बनाएर क्रिजमा हुँदा उनलाई जडेजाले ५० रन बनाएर साथ दिइरहेका छन्। 

न्युजिल्यान्डका लागि भने पहिलो दिन क्यालि जेमिसनले ३ विकेट लिए भने टीम साउदीको नाममा १ विकेट रह्यो। न्युजिल्यान्डले भारत भ्रमणमा दुई टेस्ट खेल्ने कार्यक्रम रहेको छ। यसअघि तीन खेलको टी-२० सिरिजमा पाहुना टोलि क्लिन स्विपको सिकार भयो।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey