साफको उपविजेता टिमका खेलाडीलाई सरकारले जनही ५ लाख रुपैयाँ दिने
- नेप्लेज
- |
- २०७८-०७-०१
- |
- 1264 पटक हेरिएको
हाइलाइट्स
- खेलाडीलाई ५ लाख र प्रशिक्षकलाई तीन लाख रुपैयाँ दिने निर्णय भएको छ ।
साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपाली टिमलाई सरकारले जनही ५ लाख रुपैयाँबाट सम्मान गर्ने भएको छ ।
आज बसेको मन्त्रीपरिषद्को बैठकले साफको उपविजेता टिम नेपाललाई सरकारले जनही ५ लाख रुपैयाँले सम्मान गर्ने निर्णय गरेको छ ।
खेलाडीलाई ५ लाख र प्रशिक्षकलाई तीन लाख रुपैयाँ दिने निर्णय भएको छ ।
साफमा पहिलो पटक फाइनलमा पुगेको नेपाली टिम अन्तिममा भारतसँग तीन शुन्यले पराजित भएको थियो ।
नेपालले साफको पहिलो खेलमा माल्दिभ्सलाई एक शुन्यले हराएको थियो भने दोस्रो खेलमा श्रीलंकालाई तीन दुईले पराजित गरेको थियो ।
यस्तै भारतसँग एक शुन्यले हारेको नेपाल लिगको अन्तिम खेलमा बंगालदेशसँग एक एक गोलको बराबरी खेल्दै पहिलो पटक फाइनलमा पुगेको थियो ।