नुनोको साथमा टोटेनह्यामले दर्ता गरायो पहिलो प्रि सिजन जित 

Kelmi

  • एजेन्सी
  • |
  • २०७८-०४-०७
  • |
  • 824 पटक हेरिएको

इंग्लीस क्लब टोटेनह्यामले नयाँ प्रशिक्षक नुनो एस्पिरीटो सान्टोकोे साथमा पहिलो प्रि सिजन जित दर्ता गराएको छ ।

मंगलबार भएको कोल्चेस्टरबिरुद्धको खेलमा स्पुअर्सले ३ ० को सहज जित दर्ता गराउन सफल भएको हो । 


युरो २०२० का कारण ह्यारी केन लगायतका केहीखेलाडी उपलब्ध नभएका कारण नुनोले सन हेउङ मिन,डेले अलि र लुकस मोउराको साथमा बलियो टिम तयार गर्दे कोस्चेस्टरबिरुद्ध मैदान उत्रिएका थिए । 

स्पुअर्सका लागि प्रि सिजनको पहिलो गोल खेलको १० मिनेट पुग्नै लाग्दा सन हेउङ मिनले गरेका थिए ।

खेलको १४ मिनेट नपुग्दै स्पुअर्सका लागि मोउराले गोल गर्दे अग्रतालाई दोब्बर बनाए । पहिलो हाफको अन्तिम मिनेटमा अलिले गोल गर्दै टिमलाई ३ गोलको अग्रता दिलाएका थिए ।

कोल्चेस्टरले एक गोल पनि फर्काउन नसकेपछि स्पुअर्सले ३ ० को सहज जित निकालेको हो । 

 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey