२०२२ काे कमनवेल्थ गेम्स अन्तर्गत क्रिकेट जुलाई २९ देखि अगष्ट सात तारिखसम्म

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०१
  • |
  • 1239 पटक हेरिएको

सन् २०२२ मा हुने कमनवेल्थ गेम्स अन्तर्गत महिला क्रिकेट प्रतियोगिता जुलाई २९ देखि अगष्ट सात तारिखसम्म एज्बास्टोनमा हुने भएको छ ।

आयोजकले मंगलबार महिला क्रिकेट प्रतियोगिताको मिती सार्वजनिक गरेको हो । आठ टिमको सहभागिता रहने प्रतियोगिताको समुह चरणका खेलहरु अगष्ट चार तारिखसम्म हुने भएका छन भने सेमिफाइनल अगष्ट ६ तारिख र प्लेअफ र तेस्रो स्थानका लागि खेल अगष्ट सातमा हुनेछन ।

कमनवेल्थमा दोस्रो पटक क्रिकेटलाई समावेश गरिन लागेको हो । तर महिला क्रिकेट भने पहिलो पटक समावेश गरिएको हो । महिला क्रिकेट प्रतियोगिताको फरम्याट टी २० मा हुनेछ । यसअघि सन् १९९८ मा क्वालालम्पुरमा पुरुष क्रिकेट राखिएको थियो ।

कमनवेल्थ गेम्सका लागि अष्ट्रेलिया, भारत, न्यूजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका र आयोजक इंग्ल्याण्डसँगै क्यारेबियन टिमले छनौट चरण खेल्नुपर्नेछ । तर इंग्ल्याण्ड भने टी २० को बरियताका आधारमा छनौट भइसकेको छ ।
२०२२ को कमनवेल्थ गेम्समा ७२ देशका चार हजार पाँच सय खेलाडीले सहभागिता गर्नेछन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey