राष्ट्रिय खेलकुद: पदक तालिकामा नेपाली सेना शीर्ष स्थानमा उक्लियो

  • Image नेप्लेज
  • १३ मंसिर २०८३, आइतवार
  • 68 पटक हेरिएको
राष्ट्रिय खेलकुद: पदक तालिकामा नेपाली सेना शीर्ष स्थानमा उक्लियो

काठमाडौं । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको छैटौँ दिनसम्मको पदक तालिकामा नेपाली सेना शीर्ष स्थानमा उक्लिएको छ । आइतबारसम्म सेनाले २१ स्वर्ण, २३ रजत र २१ कांस्यसहित कुल ६५ पदक जितेको छ ।

पदक तालिकामा बागमती प्रदेश २० स्वर्ण, १२ रजत र १७ कांस्यसहित ४९ पदक जितेर दोस्रो स्थानमा छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) १२ स्वर्ण, ४ रजत र ४ कांस्यसहित २० पदक जितेर तेस्रो स्थानमा रहेको छ । नेपाल प्रहरीले ९ स्वर्ण, १९ रजत र २१ कांस्यसहित ४९ पदक जितेको छ।

सशस्त्र प्रहरी बल ५ स्वर्ण, ४ रजत र ५ कांस्यसहित पाँचौँ स्थानमा छ । त्यस्तै, गण्डकी प्रदेशले १३, कोशी प्रदेशले ९, सुदूरपश्चिम प्रदेशले १५, लुम्बिनी प्रदेशले १३ र कर्णाली प्रदेशले ७ पदक जितेका छन् । मधेस प्रदेशले २ कांस्य पदक जितेको छ ।

Best Law firms in Kathmandu Nepal | Paragon Law Associates Civil and criminal litigation Labour and employment law Family Law Visa and Immigration Intellectual Property Law Foreign Investment