अस्ट्रेलियाको तेहो मार्सल आर्ट्स आइओएफटिसी च्याम्पियन

  • Image नेप्लेज
  • १३ मंसिर २०८३, आइतवार
  • 51 पटक हेरिएको
अस्ट्रेलियाको तेहो मार्सल आर्ट्स आइओएफटिसी च्याम्पियन

मेलबर्न (अस्ट्रेलिया)। अस्ट्रेलियाको तेहो मार्सल आर्ट्स आइतबार १६ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) मा टिम च्याम्पियन बनेको छ ।

अस्ट्रेलियाको मेबलर्नस्थित सनसाइन वेस्टमा भएको दुई दिने प्रतियोगितामा मेबलर्नमा रहेको तेक्वान्दो एकेडेमी तेहो मार्शल आर्ट्सले सर्वाधिक ५६ स्वर्ण, ३० रजत र १९ काशय पदक हासिल गरेको थियो ।

तेहो मार्शल आर्ट्सका १२ वर्षीय रिकी पान र पाँच वर्षीय डानियल बुईले चार–चार स्वर्ण पदक जिते । वल्र्ड तेक्वान्दोको नियमअनुसार भएको यस प्रतियोगितामा अस्ट्रेलियाकै ह्वाइट टाइगर्स मेलबर्न उपविजेता बन्यो । भारतले तेस्रो स्थान हासिल गर्यो ।

पहिलो दिन पुम्से (फर्म) र बोर्ड ब्रेकिङ तथा दोस्रो तथा अन्तिम दिन क्यारुगी (फाइट) का प्रतिस्पर्धा भएका थिए । टिम च्याम्पियन तेहो मार्शल आर्ट्सले च्याम्पियन्सीप ट्रफीसहित एक हजार अस्ट्रेलियन डलर प्राप्त गर्यो ।

उपविजेता ह्वाइट टाइगर्स मेलबर्न ७५० तथा तेस्रो स्थान बनाउने भारत पाँच सय डलर पुरस्कारको हकदार बने । प्रतियोगताको कूल पुरस्कार राशि चार हजार २५० अस्ट्रेलियन डलर रहेको छ ।

व्यक्तिगत पुरस्कारतर्फ तेहो मार्शल आर्ट्सका अनिश महर्जन सर्वश्रेष्ठ प्रशिक्षक घोषित भए। नेपालका पूर्व राष्ट्रिय तेक्वान्दो खेलाडी तथा प्रशिक्षक अनिशले विगत चार वर्षदेखि तेहो मार्शल आर्ट्स, मेलबर्नमा तेक्वान्दोको प्रशिक्षण दिइरहेका छन्।

महिला प्रशिक्षकतर्फ कासान्द्रा हेनान उत्कुष्ट बने। पुम्से पूरुषमा लेजिट ब्रडर्स मार्सल आर्ट्सका जितबहादुर बोट र महिलामा ह्वाइट टाइगर्सकी भेरोनिका टिएभ उत्कृष्ट चुनिए ।

यसैगरी क्योरोगीमा पुरुषमा इभरेस्ट तेक्वान्दो मेलवर्नका राहुल कुमाल र महिलामा भारतकी सेहाज कौर सर्वश्रेष्ठ घोषित भए । जितबहादुर र राहुल नेपालका पूर्व राष्ट्रिय तेक्वान्दो खेलाडी हुन् ।

रेफ्रीतर्फ पुम्सेको पुरुषतर्फ अस्ट्रेलियाका रेमन्ड फान र महिलातर्फ अमेरिकाका सुमी परियार उत्कृष्ट चुनिए। यसैगरी क्योरोगी पुरुषतर्फ अस्ट्रेलियाका रेशम मगर र महिलातर्फ अमेरिकाकी कल्पना शर्मा घिमिरेले उत्कृष्ट निर्णायको सम्मान पाए  ।

आइओएफटिसीका संस्थापक तथा निर्देशक ग्रान्डमास्टर दिवाकर महर्जन र आइओएफटिसी अस्ट्रेलयाका अध्यक्ष महादेव धानुकलगायतले विजेता तथा उत्कृष्टहरुलाई पुरस्कार प्रदान गरे ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने सबै दुई सय डलरसहित सम्मानित भएका हुन् । आइओएफटिसी अस्ट्रेलियाको आयोजनामा भइरहेको प्रतियोगितामा आयोजक, अस्ट्रेलिया, नेपाल, भारत, अमेरिका, संयुक्त अरब इमिरेट्सका विभिन्न क्लब र एकेडेमीले सहभागिता जनाएका थिए ।

१७ औँ संस्करण अमेरिकाकै फ्लोरिडामा हुने भएको छ । ग्रान्डमास्टर महर्जन र आइओएफटिसी अस्ट्रेलयाका अध्यक्ष धानुकले अर्को संस्करण आयोजना गर्नका लागि फ्लोरिडास्थित ओङ्स तेक्वान्दोका मास्टर एजिलिटो ओङलाई आइओएफटिसीको झन्डा हस्तान्तरण गरे।

Best Law firms in Kathmandu Nepal | Paragon Law Associates Civil and criminal litigation Labour and employment law Family Law Visa and Immigration Intellectual Property Law Foreign Investment