टेनिस : प्रदिप र करणको जोडी पहिलो

  • Image नेप्लेज
  • १३ मंसिर २०८३, आइतवार
  • 76 पटक हेरिएको
टेनिस : प्रदिप र करणको जोडी पहिलो

दसौं राष्ट्रिय खेलकुदअन्तर्गत टेनिसको पुरुष डबल्समा गण्डकीका प्रदिप खड्का र करनबहादुर थापाको जोडीले आइतबार स्वर्ण जितेका छन् ।
बर्दियाको गुलेरियामा भएको फाइनलमा प्रदिप र करनको जोडीले नेपाल आर्मीका प्रणव खनाल र राजवीर प्रधानको जोडीलाई ६–७, ६–४ र १२–१० ले पराजित गरे । बागमतीका निसान श्रेष्ठ र प्रितम परियार तथा पुलिसका निहालजंगबहादुर थापा र दर्शिल श्रेष्ठको जोडी तेश्रो भए ।
मिक्स डबल्समा आमीका राजवीर प्रधान र शिभाली गुरुङको जोडी च्याम्पियन बने । राजवीर र शिभालीको जोडीले आर्मीका प्रणव खनाल र स्वस्तिका विष्टको जोडीलाई ६–२, ५–७ र १०–८ को सेटमा हराए । बागमतीका प्रकृति श्रेष्ठ र निसान श्रेष्ठ तथा गण्डकीका शक्ति शर्मा र आहाना शेरचनको जोडी तेश्रो बने ।
  पाँच स्पर्धा समावेश टेनिसमा योसहित ३ स्वर्णको टुंगो लागेको छ । शनिबार महिला डबल्समा आर्मीका शिभाली गुरुङ र स्वस्तिका विष्टको जोडीले स्वर्ण जितेका थिए । टेनिसको अन्तिम दिन २ फाइनल हुनेछ । महिला सिंगल्समा आर्मीका शिभाली गुरुङ र स्वस्तिका विष्ट तथा पुरुष सिंगल्समा गण्डकीका प्रदिप खड्का र करनबहादुर थापा फाइनलमा भिड्ने छन् ।
प्रतियोगितामा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम तथा आर्मी, पुलिस, एपीएफ र एनआरएनका ३८ पुरुष र १३ महिला गरी ५१ खेलाडी सहभागी छन् ।

Best Law firms in Kathmandu Nepal | Paragon Law Associates Civil and criminal litigation Labour and employment law Family Law Visa and Immigration Intellectual Property Law Foreign Investment