१४औँ दक्षिण एसियाली खेलकुद फेरि स्थगित, सन् २०२७ सेप्टेम्बर १८ देखि आयोजना हुने

  • Image नेप्लेज
  • १२ मंसिर २०८३, शनिवार
  • 40 पटक हेरिएको
१४औँ दक्षिण एसियाली खेलकुद फेरि स्थगित, सन् २०२७ सेप्टेम्बर १८ देखि आयोजना हुने

१४औँ दक्षिण एसियाली खेलकुद (साग) फेरि स्थगित भएको छ। नयाँ तालिकाअनुसार प्रतियोगिता सन् २०२७ सेप्टेम्बर १८ देखि २७ सम्म आयोजना हुने भएको छ।

यसअघि विभिन्न कारणले पटक–पटक सर्दै आएको दक्षिण एसियाली खेलकुदको मिति पुनः परिवर्तन गरिएको हो।

नयाँ मितिअनुसार प्रतियोगिता १० दिनसम्म सञ्चालन हुनेछ। दक्षिण एसियाली क्षेत्रका राष्ट्रहरूको सहभागिता रहने यस प्रतियोगितामा विभिन्न खेल विधामा खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन्।

लगातार मिति सर्दा प्रतियोगिताको तयारीमा रहेका खेलाडी, प्रशिक्षक तथा खेलकुद निकायहरूमा समेत अन्योल बढ्ने देखिएको छ।

१४औँ सागको नयाँ मितिले प्रतियोगिता आयोजनाको प्रतीक्षामा रहेका दक्षिण एसियाली खेलप्रेमीको उत्सुकता थप लम्ब्याएको छ

Best Law firms in Kathmandu Nepal | Paragon Law Associates Civil and criminal litigation Labour and employment law Family Law Visa and Immigration Intellectual Property Law Foreign Investment