टेनिस : शिभाली र स्वस्तिकाको जोडीलाई स्वर्ण

  • Image नेप्लेज
  • १२ मंसिर २०८३, शनिवार
  • 46 पटक हेरिएको
टेनिस : शिभाली र स्वस्तिकाको जोडीलाई स्वर्ण

दसौं राष्ट्रिय खेलकुदअन्तर्गत टेनिसको महिला डबल्समा आर्मीका शिभाली गुरुङ र स्वस्तिका विष्टको जोडीले शनिबार स्वर्ण जितेका छन् ।

५ स्पर्धा समावेश टेनिसमा पहिलो स्वर्ण टुंगो लागेको हो । बर्दियाको गुलेरियामा भएको फाइनलमा शिभाली र स्वस्तिकाको जोडीले बागमतीका प्राज्ना मानन्धर र प्रकृति श्रेष्ठको जोडीलाई ६–० र ६–१ ले पराजित गरे ।

एपीएफका इन्द्रकला श्रेष्ठ र भगवती विक तथा गण्डकीका आरुषी तुलाचन र आहाना शेरचन तेश्रो भए ।

पुरुष सिंगल्समा गण्डकीले स्वर्ण जित्ने पक्का भएको छ । गण्डकीका प्रदिप खड्का र करनबहादुर थापा फाइनलमा पुगेसंगै गण्डकीको स्वर्ण पक्का भएको हो । सेमिफाइनलमा प्रदिपले आर्मीका प्रणव खनाललाई ६–२ र ७–६ (७–५) तथा करनले बागमतीका निसान श्रेष्ठलाई ६–२ र ६–२ को सेटमा हराए ।

पुरुष डबल्समा आर्मीका राजवीर प्रधान र प्रणवको जोडीले नेपाल पुलिसका निहालजंगबहादुर थापा र दर्शिल श्रेष्ठको जोडीलाई ६–३ र ६–० तथा गण्डकीका प्रदीप र करनको जोडीले बागमतीका निसान श्रेष्ठ र प्रितम परियारको जोडीलाई ६–२ र ६–१ को सेटमा पाखा लगाउदै फाइनलमा स्थान सुरक्षित गरे ।

टेनिसमा आइतबार २ स्वर्णको छिनोफाने हुनेछ । पुरुष डबल्स र मिक्स डबल्सको फाइनल आइतबार हुनेछ । अन्तिम दिन सोमबार पुरुष÷महिला सिंगल्सको फाइनल हुनेछ ।

Best Law firms in Kathmandu Nepal | Paragon Law Associates Civil and criminal litigation Labour and employment law Family Law Visa and Immigration Intellectual Property Law Foreign Investment