सेल्टाविरुद्ध रियल मड्रिडको पुनरागमन जित

  • Image नेप्लेज
  • ६ मंसिर २०८३, आइतवार
  • 63 पटक हेरिएको
सेल्टाविरुद्ध रियल मड्रिडको पुनरागमन जित

काठमाडौं । स्पेनिस ला लिगाअन्तर्गत गएराति भएको खेलमा रियल मड्रिडले सेल्टा भिगोलाई २–१ गोल अन्तरले पराजित गरेको छ ।

घरेलु मैदान सान्टियागो बर्नाबेउमा पछि परेको अवस्था उल्टाउँदै रियलले महत्त्वपूर्ण तीन अंक जोडेको हो । खेलको छैटौँ मिनेटमै पाब्लो दुरानले गोल गर्दै सेल्टा भिगोलाई अग्रता दिलाएका थिए । सुरुवातमै पछि परेको रियलले बराबरीका लागि लगातार आक्रमण गरे पनि पहिलो हाफमा गोल गर्न सकेन । खेलको ३९औँ मिनेटमा रियलले पेनाल्टी पाउने अवसर पाएको थियो । तर, किलियन एम्बाप्पेले प्रहार गरेको पेनाल्टी बारमाथिबाट बाहिरिएपछि रियलले बराबरी गर्ने मौका गुमाएको थियो ।

दोस्रो हाफमा भने रियलले खेलमा पुनरागमन गर्‍यो । खेलको ६६औँ मिनेटमा जुड बेलिङ्घमले किलियन एम्बाप्पेको पासमा गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । त्यसपछि जितका लागि दबाब बढाएको रियलले खेलको ८५औँ मिनेटमा निर्णायक गोल गर्‍यो । भिनिसियस जुनियरको प्रहारपछि फर्किएको बललाई कार्लोस एस्पीले जाली चुमाउँदै रियललाई २–१ को अग्रता दिलाए । अन्तिम समयसम्म सेल्टाले बराबरी गोल फर्काउन नसकेपछि रियलले जित सुनिश्चित गर्‍यो ।

यस जितसँगै रियल मड्रिडले लगातार नवौँ जित निकालेको छ । ला लिगामा १३ खेलबाट ३३ अंक जोडेको रियल अंक तालिकाको शीर्ष स्थानमा रहेको बार्सिलोनासँग बराबरीमा पुगेको छ । तर, त्यस्तै सेल्टाको भने १३ खेलमा १३ अंक रहेको छ र लिगमा १३औं स्थानमा रहेको छ ।

Best Law firms in Kathmandu Nepal | Paragon Law Associates Civil and criminal litigation Labour and employment law Family Law Visa and Immigration Intellectual Property Law Foreign Investment