काठमाडाैं। पोखरामा जारी प्रधानमन्त्री कप (पिएम)) गण्डकी प्रदेशस्तरी महिला टि२० छनोट प्रतियोगितामा स्याङजाले लगातार तेस्रो जित हासिल गरेको छ ।
मंगलबार नवलपुरलाई ६१ रनले हराउदै स्याङजाले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । एक सय १७ रनको विजयी लक्ष्य दिएको नवलपुरलाई १७.३ ओभरमा ५५ रनमै अलआउट गर्दै स्याङजाले तेस्रो जित निकालेको हो ।
नवलपुरका लागि ओपनर धनकुमारी क्षेत्रीले ३० रनको योगदान दिएपनी जितका लागि पर्याप्त रहेन । उनले ३८ बलमा २ चौका प्रहार गरिन । वर्षा विक २, निकिता कुवर १, आयुष्मा चापागाईं १, श्रेया शर्मा ३, लिजा गुरुङ ४ र प्रतीक्षा न्यौपाने १ रनमा आउट भइन । यस्तै शिक्षा गिरि, निहारिका शर्मा, अनुस्मा तिमिल्सिना शुन्यमै आउट भए ।
स्याङ्जाका लागि सिमाना केसी र अपेक्षा बुढाथोकीले समान ३/३ विकेट लिए भने रन्जना साउस, भावना भट्टराई, सलिना सेन र लक्ष्मी क्षेत्रीले समान १/१ विकेट लिइन । त्यस अघि पोखरा क्रीकेट मैदानमा टस हारेर व्याटिङको निम्तो पाएको स्याङजाले २० ओभरमा ६ विकेट गुमाउँदै एक सय १६ रन बनाउन सफल रह्यो । अलराउन्डर सिमाना केसीले २९ रनको पारी खेल्दै अविजित रहिन । यस्तै रन्जना साउद १२ रनमा अविजित रहिन । सिमानाले २२ बलमा ५ चौका प्रहार गरिन भने रन्जनाले १४ बलमा १ चौका प्रहार गरिन ।
ओपनर श्रेया शाह १३ रनमा आउट भइन । सेरिना थापा २७ रनमा आउट भइन । उनले ३२ बलमा २ चौका प्रहार गरिन । अर्मिना अधिकारी ६, जेनिसा खत्री १३ रनमा आउट भइन । सलिना सेन र भावना भट्टराई शुन्यमा आउट भइन । बलिङमा नवलपुरका लागि निहारिका शर्माले २ तथा श्रेया शर्मा, आयुश्मा चापागाईं र अनुश्मा तिमिल्सिनाले समान १/१ विकेट लिइन ।