एनपीएलः पोखराले विराटनगरलाई दियो १३३ रनको लक्ष्य, सन्दीपको ह्याट्रिकसहित ६ विकेट

  • Image नेप्लेज
  • २६ कार्तिक २०८३, बिहिवार
  • 85 पटक हेरिएको
एनपीएलः पोखराले विराटनगरलाई दियो १३३ रनको लक्ष्य, सन्दीपको ह्याट्रिकसहित ६ विकेट

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले विराटनगर किंग्ससामु १३३ रनको लक्ष्य प्रस्तुत गरेको छ।

बिहीबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्सले १७.५ ओभरमा अलआउट हुँदै १३२ रनको योगफल तयार पारेको हो ।

पोखरा एभेन्जर्सका लागि युवराज सम्राले सर्वाधिक ८४ रनको योगदान दिए । ४७ बल खेलेका सम्राले ७ चौका र ५ छक्का प्रहार गरे । धनन्जय लक्षणले २२ र सन्नी विकले १२ रन जोडे । १५ बल खेलेका लक्षणले १ चौका र १ छक्का प्रहार गरे । ११ बल खेलेका सन्नीले १ छक्का प्रहार गरे । अन्य ब्याटरले भने दोहोरो अंकमा रन जोड्न सके ।

विराटनगर किंग्सका लागि कप्तान सन्दीप लामिछाने ह्याट्रिकसहित ६ विकेट लिए ।

यस्तै, एन्गेलो म्याथ्युज, रुपेश सिंह र चरिथ अशलंकाले समान १-१ विकेट लिए ।

योसँगै सन्दीप एनपीएलको तेस्रो संस्करणमा एकै खेलमा ६ विकेट लिने पहिलो खेलाडी बनेका छन् ।


#क्रिकेट #एनपीएल #नेपाल क्रिकेट संघ