कप्तान सन्दीपको सानदार बलिङ, लिए ह्याट्रिकसहित कुल ६ विकेट

  • Image नेप्लेज
  • २६ कार्तिक २०८३, बिहिवार
  • 84 पटक हेरिएको
कप्तान सन्दीपको सानदार बलिङ, लिए ह्याट्रिकसहित कुल ६ विकेट

काठमाडौं । विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले नेपाल प्रिमियर लिग (एनपीएल) मा ह्याट्रिक विकेट लिएका छन्। उनले पोखरा एभेन्जर्सविरुद्ध ह्याट्रिकसहित ६ विकेट लिएका हुन्।

उनी यस सिजन एकै खेलमा ६ विकेट लिने पहिलो बलर बनेका छन् । यसअघिका ५ खेलमा १ विकेट मात्र लिएका उनले आफ्नो छैटौं खेलमा ६ विकेट लिए।

उनले १५औं ओभरको तेस्रो, चौथो र पाँचौ बलमा लगातार विकेट लिएका हुन् ।

सन्दीप एनपीएलमा ह्याट्रिक विकेट लिने चौथो खेलाडी बनेका छन् ।

यसअघि विराटनगरकै प्रतिश जिशी, काठमान्डु गोर्खाजका शाहब आलम र लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिएका थिए ।


#क्रिकेट #एनपीएल #नेपाल क्रिकेट संघ