पोखराले लुम्बिनीलाई दियो ९८ रनको सामान्य लक्ष्य

  • Image नेप्लेज
  • १७ कार्तिक २०८३, मङ्गलवार
  • 81 पटक हेरिएको
पोखराले लुम्बिनीलाई दियो ९८ रनको सामान्य लक्ष्य

काठमाडौं । लुम्बिनी लायन्सका बलर हाबी हुँदा पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्ससामु जितका लागि ९८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ९७ रनको योगफल तयार पारेको हो।

पोखराका लागि चमिका करुणारत्नेले बनाएको २५ रन नै सर्वाधिक रह्यो। उनले १७ बलमा २ छक्का हान्दा रनआउट भए। विपिन खत्री ६ र आकाश चन्द एक रनमा अविजित रहे।

कप्तान कुशल भुर्तेलले १४, मेहदी हसनले १३ र किरण ठगुन्नाले १२ रन बनाए। सदिराले सात, अर्जुन घर्ती ६ र सकिब अल हसनले ३ रन बनाउँदै पेभेलियन फर्के।

लुम्ब्निीका लागि रुवेन ट्रम्पलम्यानले चार विकेट लिए। तिलक भण्डारीले दुई तथा शेर मल्ल, अविनास गौतम र रोहित पौडेलले समान एक विकेट लिए।


#क्रिकेट #एनपीएल #नेपाल क्रिकेट संघ