एनपीएल अपडेट : चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य

  • Image नेप्लेज
  • १० कार्तिक २०८३, मङ्गलवार
  • 67 पटक हेरिएको
एनपीएल अपडेट : चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किङ्सलाई १५८ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट रंगशालामा टस जितेर पहिले बलिङ रोजेको विराटनगरविरुद्ध चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १५७ रन बनाएको हो।

चितवनका लागि इंग्ल्यान्डका ब्याटर डेविड मलानले सर्वाधिक ७० रन बनाए। उनले ५० बलमा ५ चौका र ५ छक्का प्रहार गरे। आन्द्रे रसेलको बलमा बोल्ड हुनुअघि मलानले टोलीलाई बलियो योगफलतर्फ अघि बढाएका थिए।

रवि बोपाराले ३२ तथा डीआर मुस्लीले २९ रनको योगदान दिए। देव खनालले १२ र अर्जुन साउदले ३ रन बनाए। विराटनगरका लागि चरित असलंका, एन्जेलो म्याथ्युज र आन्द्रे रसेलले समान एक एक विकेट लिए।

विराटनगरका नेपाली बलर भने विकेटविहीन रहे। सन्दीप लामिछानेले ४ ओभरमा २३ रन खर्चिए पनि विकेट लिन सकेनन्। प्रतिश जिसीले ३ ओभरमा २२ रन दिए भने शुभम रञ्जनेले एक ओभरमा १७ रन खर्चिए। १५८ रनको लक्ष्य पछ्याउन विराटनगरले अब जवाफी ब्याटिङ गर्नेछ।


#क्रिकेट #एनपीएल #नेपाल क्रिकेट संघ