अल फैसलमाथि अल नासर ३-१ गोलले विजयी

  • Image नेप्लेज
  • ७ कार्तिक २०८३, शनिवार
  • 70 पटक हेरिएको
अल फैसलमाथि अल नासर ३-१ गोलले विजयी

काठमाडौं । साउदी प्रो लिगअन्तर्गत शुक्रबार राति सम्पन्न खेलमा अल नासरले अल फैसललाई ३–१ गोलले पराजित गरेको छ ।

जितसँगै अल नासरले लिगमा महत्त्वपूर्ण तीन अङ्क जोडेको छ । अल नासरका लागि अब्दुल्लाह अल हमदानले खेलको चौथो मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफको ४९औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै अग्रता दोब्बर बनाए । अल फैसलका तर्फबाट ६६औँ मिनेटमा बोंगोन्डाले गोल गर्दै खेलमा फर्कने प्रयास गरेका थिए । तर, ७९औँ मिनेटमा आन्जेलोले गोल गरेपछि अल नासरले ३–१ को जित सुनिश्चित गरेको थियो ।

यस जितसँगै अल नासरको लिगमा १० खेलमा २५ अंक रहेको छ र समान अंक रहेको अल क्वाडसिआहपछि दोस्रो स्थानमा रहेको छ ।

रोनाल्डोले यस गोलसँगै आफ्नो व्यावसायिक खेल जीवनमा कुल गोल सङ्ख्या ९८२ पुर्‍याएका छन् ।