बङ्गलादेशका शमीम हुसेनले लुम्बिनीबाट खेल्ने

  • Image नेप्लेज
  • ७ कार्तिक २०८३, शनिवार
  • 96 पटक हेरिएको
बङ्गलादेशका शमीम हुसेनले लुम्बिनीबाट खेल्ने

काठमाडौं । बङ्गलादेशका क्रिकेटर शमीम हुसेन पटवारीले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण लुम्बिनी लायन्सबाट खेल्ने भएका छन् ।

पर्सि सोमबारदेखि शुरु हुन लागेको एनपीएलका लागि लुम्बिनीले हिजो हुसेनलाई अनुबन्ध गरेको जानकारी दिएको छ । बायाँ हाते ब्याटिङ र अफ स्पिन बलिङ गर्ने उनी सन् २०२० मा दक्षिण अफ्रिकामा भएको आईसीसी १९ वर्षमुनिको विश्वकप उपाधि जित्दा बङ्गलादेशको टोलीमा थिए ।

विश्वकप जितेपछि उनले राष्ट्रिय टोलीमा पनि स्थान बनाउने अवसर पाए । उनले अहिलेसम्म विदेशी लिग भने खेलेका छैनन् । शमीम अब एनपीएलमार्फत यो उपलब्धि पनि हासिल गर्ने तयारीमा छन् ।


#क्रिकेट #एनपीएल #टी-ट्वान्टी