'केल्मी'द्वारा दसैँ-तिहारमा भारी छुटसँगै 'बाइ वान, गेट वान फ्री' अफर पनि

  • Image नेप्लेज
  • २९ आश्विन २०८३, बिहिवार
  • 114 पटक हेरिएको
'केल्मी'द्वारा दसैँ-तिहारमा भारी छुटसँगै 'बाइ वान, गेट वान फ्री' अफर पनि

काठमाडौँ। नेपालको लोकप्रिय स्पोर्ट्सवेयर ब्रान्ड 'केल्मी नेपाल'ले नेपालीहरूको महान् चाड बडादसैँ, तिहार तथा छठ पर्वको अवसरमा ग्राहकहरूका लागि आकर्षक फेस्टिभ अफरहरू सार्वजनिक गरेको छ ।

ब्रान्डले आफ्ना खेलप्रेमी तथा आम ग्राहकहरूलाई लक्षित गर्दै प्रिमियम स्पोर्ट्सवेयर र खेल सामग्रीहरूमा ३३ प्रतिशतसम्मको भारी छुटका साथै विशेष Buy One, Get One FREE अफर पनि घोषणा गरेको हो ।

विशेष गरी महिला तथा बालबालिकाका लागि ल्याइएको 'Buy One, Get One FREE' अफर अन्तर्गत ट्र्याकसुट, टी-सर्ट, हुडी र एथलेजर वेयरहरू मध्ये कुनै एक सामान खरिद गर्दा अर्को एउटा सामान नि:शुल्क प्राप्त गर्न सकिनेछ ।

यसका साथै, दसैँदेखि छठ पर्वसम्म लागु हुने ३३ प्रतिशत सम्मको छुट योजना अन्तर्गत ग्राहकहरूले केल्मीका गुणस्तरीय ज्याकेट, जुत्ता, फुटबल गियर तथा विभिन्न स्पोर्ट्स एक्सेसरिजहरू किफायती मूल्यमा खरिद गर्न सक्नेछन् ।

चाडपर्वको अवसरमा परिवार तथा साथीभाइसँगको भेटघाट वा खेलकुद ट्रेनिङका लागि आफ्नो 'स्टाइल'लाई नयाँ उचाइ दिन चाहनेहरूका लागि सुनौलो अवसर भएको ब्रान्डले जनाएको छ।

अफर अवधिभर ग्राहकहरूले देशभर रहेका आधिकारिक केल्मी शोरुमहरूमा प्रत्यक्ष गएर वा अनलाइनमार्फत सामान खरिद गरी यी विशेष छुट तथा अफरहरूको लाभ उठाउन सक्नेछन् ।