म्याक्स टाइगरको क्यान खोल्दा चम्कियो भाग्य

  • Image नेप्लेज
  • २९ आश्विन २०८३, बिहिवार
  • 78 पटक हेरिएको
म्याक्स टाइगरको क्यान खोल्दा चम्कियो भाग्य

 यसपालिको दशैं पर्व धेरैका लागि उत्सव मात्र नभई नयाँ खुसी र सफलताको अवसर पनि बनेको छ।

म्याक्स टाइगर (Max Tiger) द्वारा सञ्चालित बहुप्रतीक्षित ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ उपहार योजनाअन्तर्गत क्यानको बिर्को खोल्दा नै ग्राहकहरूको भाग्य चम्किन थालेको छ।

म्याक्स टाइगरको एक क्यानले मानिसको जीवनमा एकाएक उत्साह र नयाँ मोड ल्याइदिएको छ। यसै क्रममा देशका विभिन्न ठाउँका थप दुई भाग्यशाली ग्राहकहरूले आकर्षक सवारी साधन जित्न सफल भएका छन्।

भर्खरै सार्वजनिक गरिएको नतिजा अनुसार, बुटवलका नरबहादुर ठोकरले आकर्षक र आधुनिक यामाहा रे जेडआर (Yamaha RayZR) स्कुटर जित्न सफल भएका छन् भने धनगढीका मोहन श्रेष्ठको भाग्य चम्किँदा उनले शक्तिशाली यामाहा एफजेड एफआई (Yamaha FZ-FI) मोटरसाइकल आफ्नो नाममा पारेका छन्।

चाडपर्वको माहोलमा ऊर्जा दिने पेय पदार्थको चुस्की लिँदै गर्दा सोचै नसोचेको भव्य उपहार परेपछि दुवै विजेताहरू र तिनका परिवारजनमा खुसीको सीमा रहेको छैन।

म्याक्स टाइगरको यो आकर्षक दशैं धमाका योजनाले देशभरका ग्राहकहरूमा ठूलो उत्साह र कौतूहल सिर्जना गरेको छ। यसअघि नै बनेपाका कुमार राज र धादिङका संजोग रिमालले एक-एक थान शानदार मोटरसाइकल तथा सुर्खेतका किशोर जंग शाहले एक थान स्कुटर जितिसकेका छन्।

हालसम्म देशका विभिन्न भागबाट ५ जना भाग्यशाली ग्राहकहरूले म्याक्स टाइगरको क्यान खोलेर आफ्नै सपनाको सवारी साधन जितिसकेका छन्।

म्याक्स टाइगरको क्यान खोल्दा चम्कियो भाग्य, तिन जनाले जिते बाईक र स्कुटर