विश्वकप क्रिकेट लिग–२ मा आज ओमान र क्यानडा खेल्दै

  • Image नेप्लेज
  • २९ आश्विन २०८३, बिहिवार
  • 147 पटक हेरिएको
विश्वकप क्रिकेट लिग–२ मा आज ओमान र क्यानडा खेल्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ आज ओमान र क्यानडाले खेल्दैछन् ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे शुरु हुनेछ ।

यो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत लिग–२ को १३७ औँ खेल हो ।

अर्को वर्ष सन् २०२७ मा दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियामा आयोजना हुने एकदिवसीय विश्वकपमा स्थान बनाउने लक्ष्यसहित दुवै टोली लिग–२ मा प्रतिस्पर्धा गर्दैछन् ।

आजको खेल दुवै टोलीका लागि अंकतालिकामा आफ्नो अवस्था सुधार गर्ने अवसरका रूपमा रहेको छ ।

नेपालका लागि ओमान र क्यानडाबीचको खेल महत्त्वपूर्ण छ । नेपालले यसअघि लिग–२ मा क्यानडालाई २४ रनले र ओमानलाई ११३ रनले पराजित गरिसकेको छ । नेपाले यो जितसँगै महत्त्वपूर्ण अङ्क बनाएको छ ।

प्रतियोगिता अन्तर्गत नेपालले शनिबार  क्यानडा र अक्टोबर आउँदो सोमबार ओमानसँग खेल्ने तालिका छ । नेपालको विश्वकपमा आफ्नो छनोट बलियो सुरक्षित बनाउने लक्ष्यमा छ ।